२०८१ जेष्ठ ४ गते शुक्रवार

अर्घाखाँची र गुल्मीमा डडेलोले खरानी भए दर्जनौं घर गोठ , मरे एक सय हाराहारीमा चौपाया


दाङ, बैशाख ९ । अर्घाखाँचीमा पनि जंगलको डडेलो बस्तिमा फैलिदा ठूलो आर्थिक क्षति भएको छ । यो जिल्लामा चालिस बढी घर गोठ जलेर नष्ट भएका छन् ।


डडेलोले स्थानीयका २० घर र २३ गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छन् । डडेलाले ११ खसी बाख्रा, ६ वटा भैंसी र १ गोरु जलेर मरेका छन । आगलागीबाट भएको आर्थिक क्षतिको बिवरण संकलन हुन बाँकी छ । आइतबार दिउँसोसम्म वन क्षेत्र जलेर कालै देखिएपनि बस्ति खतरा मुक्त रहेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक दिपेन्द्र रावतले बताए ।

अग्नी पीडितका लागि बिहानै रेडक्रसकर्मी त्रिपाल, आवश्यक भाँडा वर्तन र उद्योग बाणिज्य संघका पदाधिकारी चाउचाउ, बिस्कुट, नुन, तेल , चामल जस्ता खाद्यान्न बितरण सुरु गरेको छ ।

आगलागीको क्षति संकलन कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै गुल्मी जिल्लामा वनको डडेलो बस्तिसम्म पुग्दा ठूलो धनमालको क्षति भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलले यो जिल्लामा ४० घर र ४६ गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् । डडेलोमा परि ७५ वटा बस्तु चौपाया मरेका छन् ।


डडेलो बिरबासस्थित बिद्युत सव स्टेसनसम्म फैलिदा भूँइमा राखिएको झन्डै एक करोड बराबरको तार जलेर नष्ट भएको छ । तर, ठूलो प्रयासले बिद्युत सब स्टेसनसम्म डडेलो पुग्न नपाएको प्रहरी अधिकारीहर बताउँछन् ।
अग्नी पीडित मध्य आइतबार १४ घर परिवारलाई जिल्ला प्रशासनबाट उपलब्ध गराइने जनही २० हजार रकम प्रदान गरिएको छ ।

रेडक्रस, उद्योग बाणिज्य संघहरु साहेता सामाग्री लगेर पीडितसम्म पुग्न थालेका छन् ।
यो जिल्लामा डडेलो बाट एउटा ट्याक्टर पनि जलेर नष्ट भएको छ । ट्याक्टरमा सवार दुई जना मानिसपनि घाइते भएका थिए । घर तथा गोठमा लागेको आगोको क्षति एकिन भइ नसकेपनि अन्दाजी थप करोड हाराहारीमा आर्थिक नोक्सानी भएको प्रहरी बताउँछ ।


शुक्रबारदेखि पहाडी जिल्लाहरुमा चलेको हावा हुरीका कारण स्थानीय जंगलमा लागेको डढेलो बस्तिसम्म पुगेको र त्यसले ठूलो क्षति भएको अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *