२०८१ बैशाख १९ गते बुधवार

नाबालक छोरा छोरी घरमै छोडेर महिला बेपत्ता


तुलसीपुर, चैत २१ । नाबालक छोरा छोरी छोडेर महिला सम्पर्क बिहीन भएपछि घर परिवारले खोजी गरि दिनका लागि प्रहरी गुहारेका छन् ।
जिल्लाको दंगीशरण गाउँपालिका – २ कौवाघारीकी ३० बर्षीया निमा खड्का चैत १५ गते उपचार गराउन अस्पताल जाने भन्दै घरबाट आएकी थिइन । निमाले चैत १७ गते दिउँसो ४ बजेसम्म फोनमा बहिनी मुना वलीसंग कुरा गरेकी थिइन ।


‘दिदीले म तुलसीपुरस्थित सिटी हस्पिटलमा भर्ना भएकी थिए र अब बस चढ्दै छु दिउँसो चार बजेसम्म घर आइपुग्छु भनेकी थिइ,’ बहिनी मुनाले भनिन् ‘ तर, चार बजेपछि घर आइपुगेकी भनेर फोन सम्पर्क गर्न खोज्दा मोवाइल स्वीच अफ थियो ।’


बहिनी मुनाका अनुसार घरमा निमाले १० बर्षीया छोरी ऋतु र ८ बर्षीय छोरा वशन्त खड्कालाई मात्रै छोडेर गएकी थिइन । उनीहरु स्थानीय सरकारी विद्यालयमा कक्षा ५ मा अध्यनरत रहेको अन्टी मुनाले जानकारी दिइन ।
‘ दिदी घर नआएपछि आमाले बाबु नानीलाई ल्याएर आँफु संगै राख्नु भएको छ,’ मुनाले भनिन् ‘बाबु नानीले मम्मीको सोधी खोजी गरेर हैरान बनाएका छन् ।’


निमाले केही बर्ष पहिले तुलसीपुर उपमहानगरपालिका – १२ का केशब खड्का संग बिहे गरेपनि बिगत ६ ÷ ७ बर्ष अगाडिदेखि उनीहरु माइती नजिकै कौवाघारीमा बस्दै आएका थिए । पहिले पनि बैदेशिक रोजगारीबाट फर्केका केशब दुई बर्ष पहिले फेरि साउदी अरब गएका थिए । हाल उनी सोही देशमा छन् ।


बहिनी मुनाका अनुसार निमाले उनको डेढ तोलाको सुनको सिक्र्री मागेर लगाएकी थिइन । मुनाले दिदीलाई नगद डेढ लाख बैंकमा जम्मा गरिदिन भनेर पनि दिएकी थिइन । मुनाका अनुसार समुहबाट ५० हजार झिकेको, गाउँकै अन्य ब्यक्तिहरु संगपनि सापटी मागेर लगेकी थिइन ।
‘अरबमा रहेका भिनाजुले पनि दुई दिन अगाडि मात्रै डेढ दुई लाख खातामा जम्मा गरेको कुरा गर्नु भएको छ,’ मुनाले भनिन् ‘ झन्डै सात लाख रुपैंया दिदीले लगेको देखिन्छ ।’


उपचार गर्न अस्पताल गएकी निमा घर नफर्कीएपछि परिवारका तर्फबाट गाउँकै नरबहादुर कुसारी इलाका प्रहरी कार्यालय तुलसीपुरमा आएर खोजीका लागि चैत १८ गते निबेदन दिएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रबक्ता नबचन्द्र मल्लले निबेदनका आधारमा महिलाको खोजी प्रयास जारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *