२०८१ बैशाख २२ गते शनिवार

नेप्से परिसूचक ३.२४ अंकले घट्याे


काठमाडौं,बैशाख १३ । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ३.२४ अंकले घटेको छ।

यसदिन नेप्से ०.१६ अंकले घटेर १९६५.९३ विन्दुमा बन्द भएको छ।

बिहीबारको बजारमा दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् बुधबार दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३३ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३०३ वटा धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन मल्टीपर्पस फाइनान्सको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४२५ रूपैयाँ कायम भएको छ।

यस्तै, पोखरा फाइनान्सको सेयरमूल्य ८.०५ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६१० रूपैयाँ ९० पैसा पुगेको छ।

सबैको लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७२७ रूपैयाँ कायम भएको छ।

यस्तै, माइखोला हाइड्रोपावरको मूल्य ५.४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४४४ रूपैयाँ ४० पैसामा झरेको छ।

बिहीबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६१० रूपैयाँ ९० पैसामा ११ करोड २६ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा मल्टीपर्पस फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४२५ रूपैयाँमा ९ करोड ४० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको भने बाँकी ८ समूहको परिसूचक घटेको छ।

यसदिन वित्त समूहमा लगानीकर्ताहरूको उच्च आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *