२०८२ बैशाख ३० गते सोमवार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं, मङ्सिर १६ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो।

ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको जनाएको छ।

निगमका अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : २०७६ मङ्सिर १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *