
तुलसीपुर, असार ८ ।
दाङको लमही नगरपालिकाले बिद्यार्थीका लागि चार दिन गर्मी बिदा दिएको छ ।
उस्ले असार ९ गतेदेखि १२ गतेसम्म चार दिन गर्मी बिदा दिएको हो ।
नगर शिक्षा समितिको असार ५ गते बसेको बैठकले गरेको निर्णय अनुसार बिद्यार्थीका लागि गर्मी बिदा दिइएको हो ।
बिद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेको भन्दै बर्षे बिदाबाट कट्टी गर्ने गरि चार दिन बिदा दिने निर्णय गरिएको छ ।
मौसम बिभाग कार्यालय घोराही दाङका अनुसार सोमबार दिउँसो दाङको अधिकतम तापक्रम ३५ दशमलब ८ डिर्गी मापन गरिएको थियो ।
घोराही मापन केन्द्रको भन्दा अधिक गर्मी लमही क्षेत्रमा हुने गर्छ ।
प्रकाशित मिति : २०८३ असार ८ गते सोमवार
