२०८३ जेष्ठ ३१ गते आइतवार

सुर्खेतवाट विप्लवका दुई कार्यकर्ता पक्राउ


सुर्खेत, साउन ११ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुईजना कार्यकर्ता सुर्खेतवाट पक्राउ परेका छन्। युवा संगठन जाजरकोटका अध्यक्ष खड्कबहादुर सिंह र सुर्खेत जिल्ला सदस्य हिरु सिंह शुक्रवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

गोप्य सूचनाको आधारमा जाजरकोटका खड्कबहादुर सिंहलाई विरेन्द्रनगरवाट र सुर्खेत जिल्ला सदस्य हिरु सिंहलाई सुर्खेतको लेकवेशीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको लेकवेशी–५ नेटामा पर्छ ।

प्रकाशित मिति : २०७६ साउन ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *