बाटो पश्चिम ८ घरको केही भाग भत्काउनु पर्ने अवस्था
तुलसीपुर, जेठ ५ ।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पालको अतिक्रमित जग्गा छुट्याउने उदेश्यले मंगलबार बिहान नाप जाँच गरिएको छ ।
तुलसीपुर उपमहागनरपालिका र नापी कार्यालय तुलसीपुरका प्राबिधिक (अमिन) ले अस्पताल भनवको चारै तर्फ उस्को अतिक्रमति जग्गाको क्षेत्रफल पत्ता लगाउने उदेश्यले नाप जाँच गरेका हुन । उनीहरुले नाप जाँच सकेको भएपनि कति क्षेत्रफल अतिक्रमणमा परेको छ र त्यसमा कति वटा घर पर्छन भन्ने हिसाव गर्दै छन् ।
अस्पताल बिकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार अस्पतालका पश्चिम दक्षिणको बाटो तफ क्षेत्रमा १ कठ्ठा १ धुर जग्गा अतिक्रमणमा परेको नाप जाँच बाट पुष्टि भएको छ । स्रोतका अनुसार त्यो जग्गामा बिभिन्न ब्यक्तिका आठ वटा घर संरचनाको केही भागहरु भत्काउनु पर्ने देखिएको छ ।
अस्पतालका प्रशासन शाखा प्रमुख हुकुम वलीले अस्पतालको चारै क्षेत्रको जग्गाको प्राबिधिक नापजाँच भएको र त्यसको परिनाम निकाल्ने कार्य भइ रहेको बताए । स्रोतका अनुसार अस्पतालका करिब डेढदेखि २ बिगाहा जति जग्गा अतिक्रमणमा परेको अनुमान गरिएको छ । त्यो क्षेत्रफलमा ५० बढी ब्यक्तिका घर संरचना निर्माण गरिएका छन् ।
आफ्नो अतिक्रमित जग्गाको बिबरण संकलन भइ सकेपछि स्थानीय प्रशासन संगको समन्वयमा ती घर संरचना हटाउन अस्पतालले सार्वजनिक सूचना जारी गर्ने छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयले दाङले आफ्नो नामको अतिक्रमित जग्गामा निर्मित घर टहरा हटाउन तथा खाली गराउन भन्दै बैशाख १७ गते सार्वजनिक सूचना मार्फत २१ गते अल्टिमेटम दिएको थियो । जिल्ला प्रशासनले दिएको दिएको त्यो समय सीमा जेठ ७ गते सकिदै छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार सोही बिषयलाई लिएर अदालतमा जोहरी परेको छ । त्यो बिषयमा अदालतले मंगलबार छलफल गर्दै छ । अदालतको निर्णय अनुरुप आँफुहरु अगाडि बढ्ने प्रजिअ अर्यालले बताए ।
प्रशासनले घोराही उपमहानगरपालिका वडा नं. १६ र १७ मा रहेको घोराही ७ ख कित्ता नम्बर ६५१ को १३ बिगाहा १४ कठ्ठा ३ धुर क्षेत्रफल अतिक्रमण भएको उल्लेख गरेको छ ।
