घोराही, चैत १ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले चैत १३ गते निशुल्क क्यान्सर परिक्षण शिबिर गर्ने भएको छ ।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन संग सहकार्य गरेर शिबिर गर्न लागेको जानकारी दिए ।
शिबिरमा दुबै अस्पतालका विशेषज्ञ चिकित्सकको सहभागितामा रहने छ ।
अघि दुबै स्वास्थ्य संस्थाका बीचमा भएको सम्झौता अनुरुप प्रतिष्ठानमा क्यान्सर उपचार सेवा सुरु गर्न सहकार्य गर्ने उेदेश्यले शिबिर संचालन गर्न थालिएको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा जनार्दन पन्थिले बताए ।
शिबिरमा महिलाको पाठेघर, स्तन, योनी लगायतको क्यान्सर परिक्षण हुने भएको छ ।
प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार