दाङ, चैत १ । रोल्पामा माटो खन्ने क्रममा ढिस्कोले पुर्दा एक जनाको मृत्यु भएको छ। थप तीन जना घाइते भएका छन् ।
रोल्पाको रून्टिगढी गाउँपालिका–७ खाक्सिवनकी ४९ बर्षीया निर्मला बुढाथोकीको मृत्यु भएको हो।
त्यो घटनामा परि सोही ठाउँका २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएका छन् ।
उनीहरुको अवस्था मध्यम रहेको तथा उपचार जारी जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको छ।
शनिबार दिउँसो साढे १२ बजेतिर घर लिप्ने माटो लिन भनेर स्थानीय ७ जना छिमेकी घरनजिकैको डाँडामा गएका थिए । माटो खन्ने क्रममा ढिस्को खसेर उनीहरु परिएका थिए ।
ढिस्कोले पुरेर निर्मलाको भने घटनास्थलमै मृत्यु भइसकेको थियो ।
प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार