दाङ, फागुन ७ । अदालतले जन्म कैद तोकेका ब्यक्तिलाई कपिलबस्तु प्रहरीले १३ बर्षपछि पक्राउ गरेको छ ।
कतब्र्य ज्यान मुद्दामा जन्म कैद (२० बर्ष) काराबास सजाय तोकिएका एक जना फरार प्रतिबादी पक्राउ पछि कारागार चलान गरिएका छन् ।
पक्राउ पर्नेमा कपिलवस्तुको बुद्धभुमी नगरपालिका – ५ मोहम्मदनगरका इरफान भनिने क्यामुद्दिन मुसलमान छन् ।
कपिलवस्तु जिल्ला अदालतले २०६९/१२/१६ गते मुसलमानलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष (जन्म कैद) कैदको फैसला सुनाएको थियो ।
फरार प्रतिबादी मुसलमान फागुन ५ गते पक्राउ परेका हुन । उनी मायादेवी गाउँपालिका –१ बरीहियामा लुकिछिपि बसेको अवस्थामा फेला परेका थिए ।
कपिलबस्तुका प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले मुसलमानलाई बुधबार जिल्ला अदातलमा पेश गरिएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्न जिल्ला कारागार कपिलबस्तुमा पठाइएको जानकारी दिए ।