२०८३ असोज ६ गते मङ्गलवार

तुलसीपुरको होटेलमा कोहलपुरका युवा मृत फेला


शरद रेग्मी,
दाङ,साउन ३ । दाङको तुलसीपुर स्थित मानसरोवर होटेलमा कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर निवासी अन्दाजी २७ बर्षीय रमेश हमाल होटेको कोठामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

हमाल एक युवती संगै राति १० बजेतिर होटेलमा बास बस्न भनि आएको होटेल संचालकले जानकारी दिएका छन् । हमाल संगै होटेलमा रुकुमकी एक युवतीपनि पुगेको प्रहरीले जानकारी दिएको छ । युवतीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार ती युवती दलित समुदायकी हुन । उनले यो भन्दा अगाडि मृतक हमाल संग डिभोर्स गर्ने सर्तमा ५ लाख रुपैंया लगेको भन्ने खुल्न आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । घटनावारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ साउन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *