२०८२ फाल्गुन ४ गते सोमवार

टी–२० विश्वकपः अमेरिकाले नामिबियालाई ३१ रनले हरायो


काठमाडौं ,फागुन ३ । टी–२० विश्वकप अन्तर्गत समूह चरणको खेलमा अमेरिकाले दोस्रो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ३१ रनले हराएको हो । २०० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १६८ रनमात्रै बनाउन सक्यो ।

उसका लागि लोरेन स्टिनकाम्पले अर्धशतकीय पारी खेलेपनि टोलिको हार टार्न सकेनन् । ३९ बल खेलेका उनले ५ चौका र ३ छक्काको मद्धतले ५८ रन जोडे । यस्तै, जेजे स्मितले ३१, जान निकोल लोफ्टी इटनले २८, जान फ्रिलिंकले १९ रन बनाए ।

बलिङतर्फ अमेरिकाका साड्ली भान साल्कवीकले दुई तथा अली खान, सौरभ नेत्रभाल्कर र शुभम रनजानेले एक–एक विकेट लिए ।

त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम् मैदानमा जारी टस जितेर ब्याटिङ थोलेको अमेरिकाले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन जोड्यो ।

उसका लागि सञ्जय कृष्णमुर्तीले विष्फोटक ब्याटिङ गरे । ३३ बल खेलेका उनले ६ छक्का र ४ चौकाको मद्धतले अविजित ६८ रनको योगदान दिए ।

यस्तै, कप्तान मोनाङ्क पटेलले ५२, मिलिन्द कुमारले २८ तथा सञ्जय जहांगिरले २२ रन बनाए ।

बलिङतर्फ नामिबियाका विलेम मिवुर्ग र जेरहार्ड इरास्मसले दुई–दुई विकेट लिए ।

यसअघि पहिलो खेलमा अमेरिका भारतसँग २९ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ३२ रनले पराजित भएको थियो । तेस्रो खेलमा भने अमेरिकाले नेदरल्यान्ड्सलाई ९३ रनले हरायो ।

नामिबियाको कुरा गर्दा टोलि पहिलो खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा दोस्रो खेलमा भारतसँग ९३ रनले हार ब्यहोर्नपुग्यो ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *