२०८२ माघ १९ गते सोमवार

हत्या पछि प्रेमीले नै इनारमा फालेका थिए २१ बर्षीया युवतीको शब

दाङ, माघ १४ । प्रेममा खटपट पछि २१ बर्षीया प्रेमिकाको प्रेमीले नै हत्या पछि इनारमा शब फालेको तथ्य प्रहरी अनुसन्धान बाट खुलेको छ ।
यो घटना बाँकेको डुडुवा गाउँपालिका – ३ बनकट्टी गाउँको हो ।

माघ १ गते बिहान स्थानीयले बनकट्टी गाउँको प्रयोग बिहीन पुरानो इनारमा महिलाको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


इनारभित्र पहिचान खुल्न नसकेको र सडिगलेको अवस्थाको महिलाको शव फेला परेपछि बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसी आँफै घटनास्थल पुगेर अनुसन्धानको प्रक्रिया अघि बढाएका थिए ।

घटनास्थलबाट सडेगलेको शव इनारबाट झिकेर प्रहरीले पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगंज पुर्‍याउएको थियो । पोष्टमार्टम रिपोर्ट महिलाको मृत्यु घाँटी र टाउकोमा धारिलो हतियार प्रहार बाट भएको भन्ने आयो । महिलाको हत्या भएको एकीन पछि प्रहरीले शबको पहिचान गर्न तर्फ लाग्छ ।


गाउँका कसैले पनि कुनैपनि महिला बेपत्ता रहेको भन्ने जानकारी दिएका थिएनन् । तर, अनुसन्धान बाट बनकट्टीकी २१ वर्षीया बसन्ती गोडिया बिगत महिना दिन यता घरमा नरहेको तथा उनी केही समयदेखि भारतको नानपारास्थित मामा घरमा गएको भन्ने कुरा प्रहरीले पत्ता लाग्छ ।


प्रहरीले नानपाराका बशन्तीका मामा रामजेश गोडियासंग सम्पर्क गरि वशन्ती त्यहाँ रहे नरहेको कुरा सोधपुछ गर्छ । वशन्ती नानपारास्थित मामाको घरमा नगएको कुरा खुल्छ ।

त्यसपछि वशन्तीले लगाएका कपडा र गहनाका आधारमा इनारमा सडेगलेको अवस्थामा फेला परेको शब बशन्तीको नै रहेको भन्ने पहिचान उनका परिवारका सदस्यले गर्छन ।
प्रहरीले अब प्रहरीको हत्या कस्ले र किन गर्‍यो भन्ने पत्ता लगाउन मिहिन ढंगले अनुसन्धान अघि बढाउँछ ।

घटना अनुसन्धान किनपनि जटिल बनेको थियो भने हत्या गरिएकी वशन्तीले मोवाइल बोक्ने भएपनि त्यसमा प्रयोग हुने सीमकार्ड प्रयोग गर्दैन थिइन भन्ने सूचना घर परिवारले दिन्छन् ।

प्रहरीले स्थानीय संगको सोधपुछका आधारमा गाउँकै २५ बर्षीय राकेश वर्मा संग वशन्तीको प्रेम सम्बन्ध स्थापित थियो भन्ने कुरा पत्ता लगाइ सकेको थियो ।

प्राबिधिक विश्लेसनका क्रममा प्रहरीले भने वशन्तीले पनि मोवाइलमा सीमकार्ड प्रयोग गर्ने गरेको तथ्य पत्ता लगाउँछ । उनको र दिनेशका बीचमा फोन सम्बन्ध कायम भएको तथ्य फेला पार्छ ।

साथै बशन्ती पुस १ गते रातिदेखि सम्पर्क बिहिन रहेको कुरा प्रहरीको प्राबिधिक विश्लेन बाट खुल्छ । घर परिवारले पनि सोही दिनदेखि वशन्ती घरमा नरहेको कुरा गरेका हुन्छन् ।
गाउँलेको बयान र सूचनाका आधारमा प्रहरीले दिनेशमाथि सुक्ष्म निगरानी गर्दै आएको थियो ।

पछिल्ला उनका गतिबिधि र क्रियाकलाप तथा प्राबिधिक विश्लेसनका आधारमा माघ ११ गते प्रहरीले दिनेशलाई पक्राउ गरि सोधपुछ गर्दा उनले घटना स्वीकार गर्छन ।

प्रेममा उत्पन्न खटपटका कारण आँफुले नै बशन्तीको हत्या पछि पुरानो र प्रयोग बिहीन इनारमा शब फालेको उनले साबिती बयान दिएको जिल्ला प्रहरी प्रबक्ता दीपक पातलीले बताए ।

सोमबार जिल्ला अदालत बाँकेले दिनेशलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्रदान गरेको डिएसपी पातलीले बताए ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *