२०८२ माघ २५ गते आइतवार

सल्यानका दुई परिवारका नौं जनाको भारतमा आगलागीमा परि मृत्यु

दाङ, पुस २९ । सल्यानको सिद्धकुमार गाउँपालिका – २ टाकुराका दूई परिवारका नौं जनाको भारत हिमाचलमा भएको आगजनीमा परि मृत्यु भएको हो ।

हिमाचलको सोलन जिल्लास्थित अर्कीस्थित साहुका घरमा बस्दै आएका नौ जनाको ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा परी मृत्यु भएको सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले जानकारी दिए ।

वडाध्यक्ष मेघराज बुढाथोकीले घटना पछि विज्ञप्ती जारी गर्दै दुई परिवारका नौै जना मृतकको विवरण सार्वजनिक गरेका छन् ।

मृत्यु हुनेमा टाकुराका स्थानीय ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमति कविता विक, १६ वर्षीया छोरी राधा विक, १० बर्षीया छोरी रेणुका विक र २२ महिना छोरा राजन विकको मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले उल्लेख गरेका छन् ।


त्यस्तै टाकुराकै ४७ वर्षीय काशिराम बिकसहित उनकी श्रीमति ३२ वर्षीया टीका विक, १२ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि आगलागीमा परि मृत्यु भएको छ ।

स्थानीय ढारचौर प्रहरी चौकीका प्रमुख असई खगेन्द्रबहादु शाहीले सुतिरहेको समयमा मध्यरातिमा भएको आगलागीमा परी स्थानीय नौं जनाको मृत्यु भएको भन्ने जानकारी प्राप्त भएको बताए।

वडासचिव कृष्ण चलाउनेका अनुसार दुई परिवारका नौं जनाको मृत्यु भएपछि मंगलबार वडाभरि शोक विदा दिइएको छ।

एकै टोलका दूई परिवारका नौं जनाको आगलागीमा परि मृत्यु भएपछि टाकुरा टोल, वडाका साथै सिद्धकुमाख शोकमा डुबेको छ । मृतक सबै रोजगारीको खोजीमा भारत गएकाहरु हुन ।


हिमाचलमा रहेका आफन्त तथा अन्य स्थानीयले घटना बारे स्थानीय जनप्रतिनिधि तथा प्रहरीलाई सूचना दिएका थिए ।


बिहान करिब साढे २ बजेतिर फेन्सी पसल समेत रहेको साहुको घरमा काम गर्ने र सोही घरको माथिल्लो तलामा बस्दै आएका दुई परिवारका नौं जनाको ग्यास सिलिण्डर विस्फोट भएर फैलिएको आगोबाट मृत्यु भएको त्यहाँ रहेका नेपालीले जानकारी दिएका छन् ।


त्यो घरमा लागेको आगो स्थानीय अन्य १५ वटा भन्दा जति पसलमा पनि सल्किएर क्षति पुगेको छ ।

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *