दाङ, पुस २४ । कपिलबस्तु प्रहरीले जेनजी आन्दोलनको क्रममा जेलभित्र भागेका एक जना कैदी बन्दीलाई पक्राउ गरेको छ ।
जिल्लाको महाराजगंज नगरपालिका – १ पल्टाका ३० बर्षीय घण्टी भनिने प्रकाश ढाडी बुधबार प्रकाउ पछि पुनः कारागार पठाएको हुन ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालतले ढाडीलाई ७ बर्ष कैदको फैसला सुनाएको थियो ।
जिल्ला कारागार कपिलबस्तुमा सजाय भुक्तान गरि रहेका उनी भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा जेल तोडेर भागेका थिए ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो उनलाई घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारि नियन्त्रणमा लिएको डिएसपी सिंहले बताए ।
पक्राउ पछि पुनः ढाडीलाई जिल्ला कारागार कपिलबस्तुमा पठाइएको थियो ।
प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार