तुलसीपुर , पुस २२ । नेत्रबिक्रम चन्द्र (बिप्लव) नेतृत्वको नेकपा (माओबादी)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार चयन गरेको छ ।
नेकपा (माओवादी)ले दाङका तीन निर्वाचन क्षेत्र बाट एक / एक जना गरि तीन जना उम्मेदवारको नाम सोमबार टुँगो लगाएको पार्टीका जिल्ला सेक्रेटरी तिलक योगीले बताए ।
नेकपा (माओबादी) ले दाङ निर्वाचन क्षेत्र नं. १ बाट पार्टीका केन्द्रीय सदस्य प्रकाश शाहीलाई अघि सारिएको छ । शाही अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्षपनि हुन ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट पार्टीको केन्द्रीय सदस्य बालकृष्ण पोखरेल (सविन) अघि सारिएका छन् । सविन पार्टीका दाङ जिल्ला पूर्व इञ्चार्ज हुन ।
त्यस्तै दाङको निर्वाचन क्षेत्र नं. ३ मा पोलिटब्युरो सदस्य बलबहादुर वली (शितल) लाई उम्मेदवारका रुपमा अघि सारेको छ ।
सिलत तत्कालिन माओवादीको ‘जन युद्ध’ कालदेखि नै भूमिगत भइ राजनीतिमा सक्रिय ब्यक्ति हुन ।
बिप्लव नेतृत्वको नेकपा (माओबादी)आफ्नो राजीतिक इतिहासमै निर्वाचन आयोगमा दल दर्ता गराएर संसदीय निर्वाचनमा होमिन थालेको यो पहिलो पटक हो ।