दाङ, पुस २२ । आफ्नै श्रीमतिलाई बञ्चरो प्रहार गरि हत्या गरेको आरोपी श्रीमान तीन बर्ष पछि पक्राउ परेका छन् ।
यो घटना जाजरकोटको हो ।
जिल्लाको छेडागाड नगरपालिका – १३ पिपलतडाका भद्रबहादुर सुनारले आफ्नी ३४ बर्षीया श्रीमति पानसरा सुनारलाई २०७९/०८/ १० गते बञ्चरो तथा खुकुरी प्रहार गरि हत्या गरेको आरोप थियो ।
श्रीमतिको हत्या पछि भद्रबहादुर फरार थिए । फरार रहेका भद्रबहादुर तीन दिन पहिले मात्रै गाउँ घरमा आएको गोप्य सूचना प्रहरीले पाएको थियो ।
सोही सूचनाको आधारमा खोजीका खटिएको प्रहरीले पुस २० गते दिउँसो पिपलतडादेखि कार्कीगाउँ जाने सडक खण्डमा भद्रबहादुरलाई फेला पारी नियन्त्रणमा लिएको थियो ।
जिल्ला अदालत जाजरकोटले भद्रबहादुरलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति प्रदान गरेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुधिरकुमार खड्काले बताए ।
प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार