२०८३ असार २८ गते आइतवार

एमाले महासचिव शंकर पोखरेलको नाम प्रतिनिधिसभा सदस्य पदका लागि एकल सिफारिस

तुलसीपुर , पुस २० । नेकपा एमालेले दाङ क्षेत्र नम्वर २ मा महासचिव शंकर पोखरेलको नाम प्रतिनिधि सभा सदस्य पदका लागि एकल सिफारिस गरेको छ ।

आइतबार घोराहीमा बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको नाम मात्रै प्रतिनिधि सभा सदस्य पदका लागि केन्द्रमा सिफारिस गरि पठाएको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए ।


महासचिव पोखरेल २०७९ मंसिर ४ गतेको निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए । तर, उनी तत्कालिन नेकपा (माओबादी केन्द्र) की उम्मेदवार रेखा शर्मा खड्का संग झिनो मतान्तरले पराजित भएका थिए । त्यति खेर नेपाली काँग्रेस र माओबादीका बीचमा चुनावी तालमेल थियो ।
दाङ महासचिव पोखरेलको गृह जिल्ला हो । यद्यपी उनको गृह नगर भने तुलसीपुर हो । उनी तुलसीपुर उपमहानगरपालिका – १९ हाडिमेका स्थायी बासिन्दा हुन ।

प्रकाशित मिति : २०८२ पुष २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *