तुलसीपुर, पुस १९ । तुलसीपुर – घोराही चार लेन सडक बिस्तारको काम तीब्र रुपमा भइ रहेको छ ।
सडक खण्डमा पर्ने बिद्युतका पोलहरु पनि हटाउने क्रम सुरु भएको छ । झन्डै नौं सय हाराहारी विद्युत पोलहरु मध्य सडक निर्माण कार्यमा असर नपार्ने पोलहरु हटाउन थालिएको छ ।
कतिपय रोडहरु १५ मिटर वा ३० मिटरको बीचमा पर्ने भएपनि सडकको डिजाइ अनुसार काम गर्दा कतिपयले काममा असर नपार्ने हुँदा ती भने स्थानन्तरण नगरिने भएको छ ।
सडक निर्माण कम्पनीका इञ्जिनियर तथा सूचना अधिकारी अशोक चौधरीका अनुसार घोराही क्षेत्रबाट पोलस्थान्तरणको काम तीन दिन अघिबाट सुरु भएको हो । अब छिट्टै तुलसीपुर क्षेत्रका सडक खण्डका पोलपनि स्थान्तरण गरिने भएको छ ।
त्यस्तै वन कार्यालय बाट बचेका रुखहरु काट्ने अनुमति पनि प्राप्त भइ सकेको हुँदा ती रुखहरु हटाउने कामपनि हुने भएको छ । झन्डै ७५ जति रुखहरु अब हटाउन बाँकी रहेको छ ।
सूचना अधिकारी चौधरीका अनुसार हाल सडक खण्डमा ६० बढी मजदुरले काम गरि रहेका छन् । हाल गुर्जे खोलादेखि सौंडी कुला र नारायपुरदेखि खैरासम्म सडकको दायाँ बायाँ बिस्तार गर्ने सडक खण्डमा माटो फिलिङ गर्ने कार्य तीब्र गतिमा भइ रहेको चौधरीले बताए ।