दाङ, पुस १७ । रोल्पामा भीर बाट लडेर घाइते एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको रुन्टीगढी गाउँपालिका – १ दाङचौरकी ४८ बर्षीया पार्बती बुढा क्षेत्री पुस १४ गते दिउँसो एक बजेतिर खर काट्ने क्रममा भीरबाट लेडर गम्भीर घाइते भएकी थिइन ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा
उपचारका लागि बेलुकी ६ बजेतिर क्षेत्रीलाई पुर्याइएको थियो ।
टाउको, अनुहार र बाँया हातमा चोट खेपेकी गम्भीर अवस्थाकी क्षेत्रीको प्रतिष्ठानको आइसियू कक्षमा राखेर उपचार भइ रहेको थियो ।
तर, बुधबार दिउँसो घर परिवारले आइसियूमा उपचाररत क्षेत्रीलाई आँफुखुसी घर लगेका थिए ।
दिउँसो ३ ः ५० बजे अस्पताल बाट घाइते क्षेत्रीलाई उनका परिवारले घर लैजाने भनेर लगेका थिए ।
क्षेत्रीको घरमै मृत्यु भएको रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापाले बताए । बिहीबार बिहान साढे ६ बजेतिर उनको मृत्यु भएको थापाले बताए ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।