२०८३ भाद्र ८ गते सोमवार

६५ लाख नगद चोरी आरोपमा पक्राउ परेका दुर्गा २ बर्ष पहिले चोरी आरोपमै जेल परेका थिए

तुलसीपुर, पुस १६ । काठमाडौंबाट झन्डै ६५ लाख जति नगद चोरी गरेको आरोपमा दाङको तुलसीपुर बाट पक्राउ परेका युवक दुई बर्ष पहिले पनि चोरी आरोपमै जेल परेको तथ्य खुलेको छ ।

तुलसीपुर उपमहानगरपालिका – ६ गोलौराका २४ बर्षीय दुर्गाबहादुर केसी मंगलबार घरबाट चोरीको ६४ लाख ८१ हजार एक सय बढी नगदसहित घरबाटै पक्राउ परेका थिए ।
त्यो बाहेक उनको पकेट बाट थप ३४ हजार ६ सय बढी नगद बरामद भएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका मुद्दा शाखामा कार्यरत असई चक्र बिकका अनुसार दुर्गा बिरुद्ध २०८०/०४/१० गते ‘डाँका चोरी तथा करणी’ शिर्षकमा मुद्दा चलेको थियो । दाङ जिल्ला अदालतको २०८०/०८/१८ गतेको फैसला अनुसार दुर्गा बिरुद्धको डाँका चोरी मुद्दालाई अदालतले साधारण चोरी मुद्दामा परिनत गरि चार महिना सात दिन कैद, तीन हजार पाँच सय जरिवाना र पीडित कोषमा दुई सय जम्मा गर्न आदेश दिएको थियो । करणी मुद्दामा भने दुर्गाले सफाइ पाएका थिए ।


अदालतका प्रबक्ता गोकर्ण वलीले तोकिएको जेल सजाय भुक्तान गरि तोकिएको जरिवाना सबै तिरेर उनी रिहा भएका थिए । काठमाडौं महानगरपालिका – ४ बिशाल नगरस्थित ‘स्ट्रोम नेट प्राइभेट लिमिटेडको कार्यालय’ को ताला फोडेर पुस १३ गते राति ११ बजेतिर दुर्गा भित्र प्रबेश गरि चोरी गरेको सिसी टिभी फुटेज फेला परेपछि प्रहरी उनलाई पच्छयाउँदै घरसम्म पुगेर पक्राउ गरेको थियो ।

उनी बिहान २ बजे मात्रै स्ट्रोम नेटको कार्यालय बाट बाहिर निस्किएको भिडियो फुटेजमा देखिएको छ ।

त्यो रकम चोरी गरेपछि उनी पैदल हिडेर झन्डै १५ मिनेट टाढा रहेको आफ्नो डेरामा पुगेका थिए । त्यसपछि उनी बिहानै बसपार्क गइ चोरीको नगद रकम बोकेर दाङको तुलसीपुरस्थित घरमा आएका थिए ।

दुर्गा सोमबार बेलुकी मात्रै घर आइ पुगेका थिए । दोस्रो दिन बिहानै प्रहरी उनको घरमा पुगेर खान तलासी गर्दा नगद स्रोत नखुलेको झन्डै ६५ लाख रुपैयाँ बरामद भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।


पक्राउ पछि बुधबार बाँकेको नेपालगंज बाट प्लेन मार्फट चोरीको रकमसहित काठमाडौं पुर्‍याइएका छन् ।

प्रकाशित मिति : २०८२ पुष १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *