देविराम कुसारी, तुलसीपुर, पुस १२ । बखरिया योग साधना केन्द्र तुलसीपुर उपमहानगरपालिका – १३ को आयोजनामा शनिवारदेखि १५ दिने सहयोगी शिक्षक प्रिशक्षण तालिम सुरु भएको छ ।
बखरिया साधना केन्द्रका अध्यक्ष नबराज रावतको अध्यक्षता र वडा सदस्य खिमकान्त पाण्डेको प्रमुख आथित्यतामा कार्यक्रम उद्घाटन भएको हो ।
उद्घाटन सत्रमा पतञ्जली योग दाङ जिल्ला मिडिया प्रभारी निमा बस्नेत, जिल्ला सदस्य सुमन गिरी र तुलसीपुर नगर अध्यक्ष प्रविता योगी लगाएतले मानव जीवनमा योगको महत्वा बारे धारणा राखेका थिए ।
साधना केन्द्रका उपाध्यक्ष सुशीला रेग्मीको स्वागत मन्तब्य वाट कार्यक्रम सुरु भएको थियो । तालिममा मिहला पुरुष गरी ३० जनाको सहभागिता रहेको छ ।
प्रकाशित मिति : २०८२ पुष १२ गते शनिवार