तुलसीपुर, पुस ११ । माध्यमिक बिद्यालय सेन्टर तुलसीपुरको व्यवस्थापन समितिको अध्यक्ष सुरेसकुमार रावत चयन भएका छन ।
रावत नेकपा (एमाले) का युवा नेता हुन । विद्यालयका प्रधानाध्यापक भागवत पौडेलपनि आस्थाले एमाले निकट हुन ।
शुक्रबारको अभिभावक भेलाले रावतको नेतृत्वमा ७ सदस्यीय व्यवस्थापन समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको सदस्यमा सरस्वती खनाल, भुपाल खनाल, सुशीला खड्का र नारायणप्रसाद रजौरे चयन गरिएका छन् ।
पदेना सदस्यमा वडाध्यक्ष दुजमान भण्डारी र सदस्य सचिवमा प्रधानाध्यापक भागवत पौडेल स्वतह परेका छन् ।
अघिल्लो बर्षको प्राबिधिक तर्फको परीक्षाफल अनुसार समय ‘माध्यमिक विद्यालय तुलसीपुर सेन्टर’ मुलुककै उत्कृष्ट परीनाम निकाल्न सफल बिद्यालय हो ।
जहाँ करिब तीन हजार विद्यार्थी अध्यनरत छन । नेपाली र अंग्रेजीमा दुबै माध्यम बाट विद्यार्थीले रोजेर पढ्न पाउँछन् ।
यो विद्यालयमा कक्षा ५ सम्म पूर्ण रुपमा निःशुल्क पठन पाठन हुने गर्छ । कक्षा ६ देखि विद्यार्थीले शुल्क तिुर्न पर्छ ।
नेपाली अध्यन गर्नेले मासिक तीन सय र अंग्रेजीमा पढ्ने विद्यार्थीले मासिक आठ सय रुपैयाँ शुल्क तिर्ने ब्यबस्था गरिएको छ ।
यो विद्यालयमा शिशु कक्षादेखि प्राबिधिक तर्फका डिप्लोमासम्मका ५९ वटा कक्षा संचालित छन् ।
२०८१ सालदेखि विद्यालयका शिक्षक तथा कर्मचारीले अनिवार्य रूपमा आफ्ना सन्तानलाई सोही विद्यालयमै पढाउन ुपर्ने नियम लागु गरिएको छ ।