२०८२ पुष ८ गते मङ्गलवार

सल्यानमा ६ वटा चोरीका गाडी फेला

दाङ , पुस ३ । सल्यान प्रहरीले केही समय यता प्रहरीले ६ वटा कागजात बिनाका यात्रु बहाक जीपपनि नियन्त्रणमा लिएको छ ।

सवारी चेकजाँचका क्रममा आवश्यक कागजात फेला नपरेका मध्य प्रहरीले चार वटा यात्रुबहाक जीपहरु यसअघि नै आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बाँके पठाइ सकेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले बताए ।


पछिल्लो समय मंसिर ८ गते प्रहरीले थप दुई वटा त्यस्ता जीपहरु नियन्त्रणमा लिएको छ ।

लु १ ज ११७१ र को १ ज २७१९ नम्बका कालो नम्बर प्लेटका महेन्द्रा कम्पनीका बोलेरो जीपका धनीलाई बिलबुक लगाएत आवश्यक कागजात माग्दा ल्याउन नसकेपछि ती पनि हालसालै कारबाहीका लागि बाँके पठाइएको भट्टराइले बताए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी होमबहादुर खत्री जिल्लामा सरुवा भइ आए लगतैदेखि अबैध रुपमा राखिएका हतियार र कागजात बिनाका सवारी नियन्त्रण अभियान संचलन गरेका थिए ।

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *