२०८२ पुष ८ गते मङ्गलवार

निर्माणाधिन अल नेपाल सिनेमा हल टिमको तुलसीपुरमा पत्रकार सम्मेलन

ब्यक्तिको लगानी होला तर त्यो तुलसीपुरको साझा सम्पत्ति हो – बिनिल केसी

तुलसीपुर, पुस २ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले झन्डै २० करोड लगानीमा निर्माण हुने भनिएको आधुनिक क्यूएफएक्स सिनेमा हल ब्यक्ति बिषेशको लगानीमा निर्माण हुने भएपनि त्यो समग्रमा तुलसीपुर बासीकै साझा सम्पत्ति बन्ने बताएका छन् ।


बुधबार तुलसीपुरस्थित वष्टर्न पार्टी प्यालेसमा निर्माण समुह ‘अल नेपाल सिनेमा ’ (एएनसी) टिमले आयोजना गरेको पत्रकार सम्मेलनका प्रमुख अतिथि अध्यक्ष केसीले ब्यक्ति बिषेशको लगानीमा सिनेमा हल निर्माण हुन थालेको भएपनि त्यो तुलसीपुरको बिकासका लागि एउटा महत्वपूर्ण अंग भएको हुँदा त्यसको संरक्षण र सम्बद्र्धन गर्ने सबैको दायित्व भएको बताए ।


जेनजी आन्दोलन पछि निजी क्षेत्रको झन्डै २० करोड लगानीमा सिनेमा हल निर्माण हुन थालेको हुँदा यस्ता समुहलाई सबैले बिभिन्न क्षेत्र बाट सकारात्मक सहयोग भए मात्रै उनीहरु उत्साहित हुने अध्यक्ष केसीले बताए ।


‘ आ–आफ्नो तप्का बाट होला कसैले मूभी हेरेर सहयोग गरौंला, कसैले प्रमोट गरेर पनि सहयोग गर्न सक्छौं भने कसैले गुणस्तरको बिषयमा कुरा गरेर पनि सहयोग गर्न सक्छौं,’ अध्यक्ष केसीले भने ‘ ब्यबसाय प्रबद्र्धनका लागि धेरै चिजहरु हुन्छन् जुन तपाँइ हामीले गर्नु पर्ने छ र त्यो तपाँइ हाम्रो दायित्वपनि हो ।’


निजी क्षेत्रको लगानी भनेको समग्र तुलसीपुरकै बिकासका लागि हुने भएको हुँदा त्यसलाई अगाडि बढाउने, संरक्षण गर्ने तथा संर्बद्धन गर्दैै त्यसलाई तुलसीपुर बासी सबैको सम्पत्तिका रुपमा ग्रहण गर्न जरुरी रहेको उनले दोहर्‍याएका थिए ।

अध्यक्ष केसीले पछिल्लो समय तुलसीपुरमा एउटै पनि सिनेमा हल संचालनमा नरहेको समयमा २० करोड लगानी गरि आधुनिक सिनेमा हल निर्माण गर्ने वशन्त लामिछाने र अनिल बुढाथोकी प्रति आभार ब्यक्त गरेका थिए ।


तुलसीपुरको बरुवा गाउँमा जग्गा भाडामा लिएर आधुनिक सिनेमा हल निर्माणको अभियान थालेका लामिछाने र बुढाथोकीले गत बर्ष मात्रै दाङमै छायांकन गरि ठूलो पर्दाको कर्मा’ नामक चलचित्रपनि निर्माण गरेका थिए ।


जुन सिनेमामा उनीहरुको अभियनपनि छ । जस्ले बरुवा गाउँमा सिनेमा हल निर्माणका लागि मंसिरमा सिलन्यासमेत गरि सकेका छन् ।


पत्रकार सम्मेलनमा सिनेमा हल निर्माण अभियान थालेका लामिछाने र बुढाथोकीले पत्रकारले सोधेका बिभिन्न प्रश्नको जबाफपनि दिएका थिए ।

उनीहरुले आगामी दसैं भन्दा अगाबै निर्माण पुरा गरि हल संचालन गर्ने जानकारी दिएका थिए । अत्याधुनिक दुई वटा हल निर्माण हुने र त्यसमा करिब पाँच सय हाराहारीमा मानिसले एकै साथ सिनेमा हेर्न मिल्ने बताएका थिए ।


उनीहरु दुबै जना अमेरिकामा बस्दै आएका ब्यक्तिहरु पनि हुन । जस्ले जहाँ रहेपनि आफ्नै गाउँ ठाउँको बिकासमा केही भूमिका निर्वाह गर्न सकियोस भन्ने चाहाना रहेको बताएका थिए ।

कार्यक्रममा चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुनले एउटा पनि सिनेमा हल नरहेको तुलसीपुरमा पछिल्लो समय एकै साथ दुई वटा सिनेमा हल निर्माण हुनु खुसीको कुरा भएको बताए ।

उनले २०६० को दशकमा दाङ चलचित्रका लागि निकै उर्वर भूमी मानिने भएपनि पुराना प्रबिधिका दुई वटा सिनेमाहलहरु बन्द भएपछि तुलसीपुर बासी सिनेमा हेर्न बाहिर जानु पर्ने बाध्यता अब अन्त्य हुने बताए ।


कार्यक्रमको सहजीकरण पत्रकार वशन्त पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *