२०८२ मङ्सिर २२ गते सोमवार

नेकपा (महुमत) का कार्यकर्ताले थापालाई कालोमोसो दले

दाङ, मंसिर २१ । राष्ट्रिय आवास कम्पनी पुर्नवासका प्रमुख महेन्द्र थापालाई नेकपा (बहुमत)का कार्यकर्ताले आइतबार कालो मोसो दलेर दुब्यर्बहार गरेका छन् ।


बहुमत निकटको कम्युनिष्ट युवा संगठन, नेपालका ५ नम्बर ब्यूरो इन्चार्ज मिलन थापाले बिज्ञप्ति मार्फत थापा माथि जनकारबाही गरिएको उल्लेख गरेका छन् ।


पार्टी संगठनमा बिभिन्न समयमा बिभिन्न ब्यक्तिहरु बाट आएका उजुरी र गुनासोको आधारमा थापामाथि कारबाही गर्नु परेको बिज्ञप्तिमा उल्लेख छ ।


सगठनका थापाले जारी गरेको बिज्ञप्तिमा पुर्नवासका प्रमुख थापा माथि नवलपरासी पश्चिमको बर्दघाट नगरपालिकास्थित चिसापानीमा स्थानीयले संरक्षण गर्दै आइ रहेको ट्रमा सेन्टरको जग्गामा स्वार्थ समुहको योजना अनुसार काम गरेको दोषारोपन गरिएको छ ।


त्यहाँको ८ बिगाहा २ कठ्ठा १२ धुर जग्गा तिमिल्सना ट्रेडर्स संगको मिलीभगतमा बेचबिखन गरिएको, कावासोती नगरपालिकाको १५ कठ्ठा जग्गा संजय क्षेत्रीलाई गैरकानुनी रुपमा बिक्री गरिएको, श्रीमति द्रोर्णशोभा गम्छाली मगरलाई कम्पनीको केन्द्रीय कार्यालयमा शाखा अधिकृत र भाउजु सुनिता मगरलाई करारमा नियुक्त गरेको लगाएत बिभिन्न ६ बुँदामा आरोपहरु लगाइएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *