दाङ, मंसिर १९ । दाङको तुलसीपुर तर्फ आउँदै गरेको गाडी दुर्घटनामा परि रोल्पाका ६ जना घाइते भएका छन् ।
जिल्लाको कपुरकोट गाउँपालिका – ३ नयाँरोड नजिकै भित्री सडक खण्डमा शुक्रबार दिउँसो रोल्पादेखि दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ८४३ नम्बरको सफारी गाडी अनियन्त्रित भइ सडका पल्टिएको थियो ।
त्यो दुर्घटनामा परि रोल्पा जिल्लाको गंगादेवी गाउँपालिका – ४ का ४५ बर्षीय हरिबहादुर थापा, सोही ठाउँकी ४२ बर्षीया गिता थापा, १९ बर्षीया टिका थापा, ३० बर्षीया बिमला थापा, उनका ९ बर्षीय छोरा पवन थापा र ८ बर्षीय अर्का बालक रावल थापा घाइते घाइते भएका छन् ।
घाइते सबैलाई सल्यान कपुरकोटस्थित आधारभुत स्वास्थ्य चौकीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दुर्घटनाका सबै घाइतेहरुको अवस्था सामान्ने रहेको पनि प्रहरीले बताएको छ ।
गाडी गंगादेव गाउँपालिका – ६ का २२ बर्षीय रामकुमार वलीले चलाएका थिए ।
