तुलसीपुर, मंसिर १५ । पत्रकार सविन प्रियासनले एक बर्षमै तीन वटा उपन्यास प्रकासित भएका छन् ।
प्रियासनले मंसिर १८ गते १३औं उपन्यास ‘नयाँ लुगा’ विमोचन गर्दै छन् । यही बर्ष प्रियासनका ‘कालो मन’ र ‘कडी’ नामक उपन्यास प्रकाशित भएका थिए । हालसम्म पत्रकार प्रियासनका १२ वटा उपन्यास प्रकासित भइ सकेका छन् ।
उनका उपन्यासहरुमा पारिवारीक जीवन, प्रेम, समाज र मुलुकको समृद्धीका कुराहरु समेटिएको पाइन्छ । ‘नयाँ लुगा’ उपन्यास भने बाल मनोविज्ञानमा आधारित रहेको प्रियासनले बताउँछन् ।
उनले अर्कौ एउटा कथा संग्रहका साथै एउटा सम्पादकीय संग्रहपनि प्रकाशित गरि सकेका छन ।
प्रियासन आँफुलाई नेपालकै दोस्रो धेरै उपन्यास प्रकाशित गर्ने ब्यक्ति भएको दाबी गर्छन ।
पत्रकारिताका साथै साहित्यमा कलम चलाउँदै आएका प्रियासन सरकारबाट विभूषित भइ सकेका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उनी दाङबाट प्रकासित हुँदै आएको ‘गणतन्त्र राष्ट्रिय दैनिक’को प्रकाशक तथा प्रधानसम्पादक पनि हुन ।
राप्ती साहित्य परिषद्का पूर्व केन्द्रीय महासचिव समेत रहेका प्रियासनको ‘नयाँ लुगा’ उपन्यास राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा विमोचन हुने जानकारी दिइएको छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाकक्षमा उपन्यासको विमोचन हुने छ ।
