दाङ, मंसिर १० । प्यूठान प्रहरीले तीन बर्ष कैद तोकिएका एक ब्यक्तिलाई चार बर्ष पछि पक्राउ गरेको छ ।
झिमरुक गाउँपालिका – ७ का प्रकाश सुनार बुधबार पक्राउ परेका हुन । उनी सवारी ज्यान मुद्दाका फरार प्रतिबादी हुन ।
चार बर्ष अघिको एउटा सवारी दुर्घटनामा जिल्ला अदालतले सुनारलाई दोषी ठहर गर्दै तीन बर्ष कैद र ३० हजार जरिवाना तोकेको थियो । त्यसयता उनी फरारको सूचीमा थिए ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक युवनकुमार चौधरीका अनुसार सुनार बुधबार घराटै पक्राउ परेका हुन ।
प्रहरीले सुनारलाई बुधबार नै अदालतमा पेश गरिएको थियो । अदालतको आदेशले बुधबार नै तोकिएको सजाय भुक्तानका उनलाई कारागार चलान गरिएको छ ।
प्रकाशित मिति : २०८२ मङ्सिर १० गते बुधवार