२०८३ साउन ९ गते शनिवार

दाङका प्रहरी प्रमुखको रुपमा दीपक श्रेष्ठ आउँदै

एसपी तिमिल्सिनाको काठमाडौंमा काज सरुवा


तुलसीपुर , असोज २ । दाङका प्रहरी प्रमुख एसपी अर्जुनप्रशाद तिमिल्सिनाको काज सरुवा भएको छ ।

एसपी तिमिल्सिनाको नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौंको आतंकबाद प्रतिरोध संयन्त्रमा काज सरुवा भएको हो ।


अब तिमिल्सिनाको ठाउँमा नयाँ प्रहरी पमुख एसपी दीपक श्रेष्ठ आउँदै छन् । एसपी श्रेष्ठ यसअघि गौतमबुद्ध बिमानस्थल भैरहवामा कार्यरत थिए ।


जिल्ला प्रहरी प्रमुख तिमिल्सिना संगै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी डिएसपी अनिल ठकुरीको पनि काज सरुवा भएको छ ।

ठकुरीको ठाउँमा डिएसपी होमबहादुर पराजुली आउने भएका छन् ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *