२०८३ बैशाख १९ गते शनिवार

सम्पादकीय :जेनजीमाथिको बर्बरता बन्द गर


दाङ, भदौ २३ । भ्रष्टचार अन्त्य र सामाजिक संजालमाथि हालै सरकारले लगाएको प्रतिबन्ध फिर्ताको माग गर्दै संघीय राजधानी काठमाडौं लगाएत मुलुकका प्रमुख सहरहरुमा सोमबार एकाएक जेनजी पुस्ताले पर्दशन गरे ।

जेनजी भन्नाले १३ देखि १८ बर्ष उमेर समुहलाई जनाउँछ । यो पर्दशनका क्रममा काठमाडौंमा मात्रै प्रहरी प्रशासनले चलाएको गोली लागेर १५ जना जेनजी पुस्ताले ज्यान गुमाए ।

अझैं दर्जनौं घाइतेको उपचार जारी छ । एक किसिमले भन्दा यो भयानक रुप राज्यको बर्बरताको पराकाष्टा थियो ।
प्रहरी प्रशासन जेनजीको आन्दोलन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको रेडिमेड जबाफ दिइ रहेको छ ।


जेनजी अर्थात आँधिहुरी उमेर समुहका ब्यक्तिहरु आन्दोलनमा एकाएक उत्रिनुको कारण के थियो ? र उनीहरु आन्दोलनमा उत्रिदा हुन सक्ने संभावित क्षतिको अवस्थाका बारेमा अभिभावकीय दायित्वमा रहने राज्य संयन्त्र मतलबहिन जस्तै किन बसेको थियो ।

अभिभावकले आफ्ना सन्तानलाई त्यसबारे किन संझाउन सकेनन् । जेनजीको आन्दोलनमा यदि घुसपैठ नै भएको हो भने पनि समयमै संभावित घुसपैठ बारे राज्यका अनुसन्धान बिधागदेखि अन्य संयन्त्र के गर्दै बसेको थियो ।


जुन सुकै बाहानामा पनि आफ्नै कलिला सन्तान आन्दोलनमा उत्रिदा उनीहरु माथि नै बर्बरता पूर्वक गोलीले दाग्नु लोकतान्त्रिक मुलुकमा स्वीकार्य हुनै सक्दैन ।

कलिला बालबालिकालाई उक्साएर, उनीहरुको जोशमा पेट्रोल छर्किनेहरु को थिए ? त्यसबारे राज्य मौन बस्न मिल्दैन । जेनजी पुस्ता उग्र बन्नु भन्दा पहिलै उनीहरुलाई संझाइ बुझाइ गर्ने दायित्व राज्य हुनु पर्ने थियो ।

निषेधित क्षेत्र सिंहदबार भित्र जोरजबरजस्ती प्रबेश गर्नु, पर्खाल तोडफोड गर्नु, गेटमा आगजनी गर्नु जस्ता उग्रता जेनजी पुस्ताको नाममा भएकै हुन ।

तर, ती सबै गर्नेहरु र गर्न लगाउनेहरु को थिए ? उनीहरुको पहिचान गरि राज्यले तत्काल नियन्त्रणमा लिन सक्नु पर्ने थियो । उल्टै कलिला जेनजी पुस्ता माथि गोलीले दाग्नु बर्बरताको पराकाष्टा थियो ।
सामाजिक संजाल माथिको प्रतिबन्ध पछि जेनजी पुस्ता क्रुध हुनु स्वभाविक हो । कारण पछिल्लो समय समाजिक संजाल अधिकाँसको लागि एउटा जीवन सैली बनेको छ । देश बिदेशमा रहेका आफन्त तथा पृय जनसंग गफिने प्रत्यक्ष देखिने माध्य हो ।

सामाजिक संजाल धेरैको प्रमुख ब्यापारिक माध्यमपनि बन्दै गएको थियो । सामाजिक संजाल माथिको प्रतिबन्ध विश्व जान्न र बुझ्न पाउने अधिकारबाट बञ्चित गराउनु समान हो । अध्यन, ज्ञान र सूचना बाट बञ्चित बनाउनु समान हो ।


राज्यले समाजिक संजालका सञ्चालकलाई नियमन गर्न खोज्नु दर्ता गर्नका लागि पहल गर्नु उचित नै हो । तर, एकाएक विश्वब्यापी रुपमा निशुल्क सेवा प्रवाह गरि रहेको अन्तराष्ट्रिय ठूला कम्पनीहरुलाई त्यसबारे बुझाउँदै र मनाउँदै सरकारले दर्ताको प्रक्रियामा लैजान पहल गर्नु बुद्धिमानी ठहर्ने थियो ।

तर, त्यसो नगरी एकाएक सामाजिक संजालमाथि प्रतिबन्ध लगाउँदा जेनजी पुस्ता विश्व जान्न पाउने, पृय जन तथा आफन्त संग गफिन पाउने सुविधाबाट बञ्चित भएपछि आक्रोशित बनेका थिए ।


जेनजी पुस्ताले उठाएको अर्कौ प्रमुख सवाल भ्रष्टचारको थियो । साँच्चिकै भन्ने हो भने सरकारी कार्यालहरुमा चरम भ्रष्टचार छ । घुस बिना काम गराउनै मुस्किल छ । धेरै राजनीतिक दलका नेता तथा मन्त्रीहरु भ्रष्टचारको दलदलमा फसेको तथा उनीहरुको जीवन सैली पत्याउनै नसक्ने गरि परिवर्तन भएका धेरै उदाहरणहरु छन् ।

त्यसका बिरुद्ध जेनजी पुस्ता सडकमा उत्रिएका थिए । राज्यले उनीहरुका मागबारे समयमै सम्बोधन गरि उनीहरुलाई सडकमा आउने वातावरण सृजना हुन नदिनका लागि समयमै पहल गर्न सक्नु पथ्र्यौ । भिडलाई लिड गर्ने परिपक्व अभिभावक पुस्ता चुपचाप बसिदिाा जोशले भरिएका युवा मात्रै पर्दशनमा उत्रिएपछि आन्दोलन उग्र र हिंसात्मक बन्ने निश्चित हुन्छ भन्ने राज्यले समयमै बुझ्न सक्नु पथ्र्यौ ।

यहाँ नेरपनि चुकेको राज्यले कलिला पुस्ता माथि गोली चलाउनु बर्बरता हो । यो तत्काल रोकिनु पर्छ । मृतकका परिवार संग राज्यले माफी माग्नु पर्छ । उचित क्षतिपुर्तीको ब्यबस्था गर्नु पर्छ । अन्यथा यसको परिनाम जस्तो पनि हुन सक्छ । भनाइ नै छ – प्रेम र आन्दोलनमा असंभव भन्ने केही पनि हुँदैन । यस्को हेक्का होस ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *