२०८३ असार ३ गते बुधवार

बिनिल केसी लायन्स क्लब अफ दाङको अध्यक्षमा चयन

तुलसीपुर, भदौ १५ । लायन्स क्लव अफ दाङको अध्यक्षमा बिनिल केसी सर्वसम्मत रुपमा चयन भएका छन् ।

हाल केसी नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका उपसभापति, तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्ष, राप्ती बबई क्याम्पस सञ्चालक समिति सञ्चालक समिति कोषाध्यक्ष छन भने मोरु डिजिटल वालट नेपालको अध्यक्ष लगाएत जिम्मेवारीमा छन् ।

सन २०२५ /० २६ का लागि केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।


जस्को प्रथम उपाध्यक्षमा लोकबहादुर विष्ट, दृतिय उपाध्यक्ष पुर्ण भण्डारी, तृतिय उपाध्यक्ष चन्दा श्रेष्ठ, उपाध्यक्षहरू गोपाल रावत, सरोज लामिछाने र कोमल डिसी, सचिव बिजय गिरी, सहसचिव हरिष गिरी, कोषाध्यक्ष रोमप्रसाद भट्टराई, सह–कोषाध्यक्ष माधव पोखरेल रहेका छन् । त्यस्तै एलसीआइएफ कोर्डिनेटर बिष्णु पोखरेल र मेम्बरशिप चेयर पर्सनमा सुर्यप्रसाद शर्मालाई चयन गरिएको छ ।


आइतबार तुलसीपुरमा भएको पदहस्तान्तरण कार्यक्रम सन २०२४ / ०२५ का अध्यक्ष लायन गोरखबहादुर वलीको अध्यक्षता तथा ३२५ एन नेपालका डिस्ट्रिक गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा श्रेष्ठले लायन्स क्लबले समाजमा रचनात्मक र सृजनात्मक कार्य गर्दै आएको हुँदा भविश्यमा त्यसलाई आत्मसाथ गर्न आग्रह गरेका थिए ।


पदभार ग्रहण पछि नवनिर्वाचित अध्यक्ष बिनिल केसीले स्थानीय स्तरमा रहेका लायन्स क्लवहरूलाई एकतावद्ध गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

साथै उनले सामाजिक सेवामा रहेर काम गर्ने प्रेरणा प्राप्त भएकाले सोही अनुसार आफ्नो कार्यकाललाई स्वर्णिम बनाउन प्रयास गर्ने बताएका थिए ।

कार्यक्रममा सिनियर डिस्ट्रिक इजुकेटिभ चिफ धुर्व गौतम, यरिया चिफ मधुसुधन वैद्य, पूर्व अध्यक्ष बिमल रिजाल, गणेश अधिकारी, प्रयास पोख्रेल लगायतले लायन्स क्लबको
सामाजिक सेवा बर्करार राख्न शुभकामना दिएका थिए ।

सो अवसरमा क्लवको गतिविधि उजागर गर्न सहयोग गर्ने पत्रकार निरला अर्याल र भिम पौडेललाई सम्मान गरिएको थियो ।

त्यस्तै समाजसेवामा उल्लेखनीय योगदान र्पुयाउँदै आएका क्लबका पदाधिकारी तथा अन्य व्यक्तिहरूलाई पनि सम्मान गरिएको हो ।


वर्ष सन २०२४ / ०२५ को कार्यकाल उत्कृष्ट बनाउन सहयोग गर्ने सबैलाई अध्यक्ष गोरख वलीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव कोमल डिसीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *