तुलसीपुर , साउन २३ । मिडियाको खबरदारी पछि तुलसीपुर उपमहानगरपालिकामा २ लाख ६ हजार २५० रूपैयाँ फिर्ता भएको छ ।
अपाङ्गता भएका ब्यक्तिका लागि कृत्रिम हात खुट्टा लगाएत सहायक सामाग्री खरिदको जिम्मा पाएको अपाङग बाल अस्पताल तथा पुनस्थापना केन्द्र (एचआरडिसी) बनेपाले तुलसीपुर नगरलाई रकम फिर्ता गरेको हो ।
तुलसीपुरका प्रम्ुख प्रशासकीय अधिकृत केशवराज पार्धेले उक्त संस्थाले सबैलाई सामग्री खरिद गरि वितरण नगर्दे पेश्की स्वरूप भुक्तानी प्रदान गरिएको एक लाख ८७ हजार पाँच सय रूपैयाँमा दश प्रतिसत जरिवाना गरि २ लाख ६ हजार २५० रूपैयाँ फिर्ता आएको बताए ।
अपाङ्गता भएका ब्यक्तिका लागि तुलसीपुरले छुट्याएको रकमबाट सहायक सामाग्री खरिदमा किर्ते हस्ताक्षर भएको तथा त्यसमा अनियमिताको आशंका बोर साउन १९ गते सिएनटी प्रेसका लागि सागर सुबेदीले सबै भन्दा पहिला यो खबर सार्वजनिक गरेका थिए । त्यसपछि अन्य मिडियाले त्यसलाई फलो अप गरेका थिए ।
बितेको आर्थिक वर्ष २०८० / ०८१ का लागि तुलसीपुरले अपाङगता भएका व्यक्तिका लागि कृतिम हातखुट्टा तथा सहायक सामाग्री खरिद तथा वितरणका लागि भनेर ८ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसपछि तुलसीपुरले नै ती सामाग्री खरिदका लागि दरभाउसहित सार्वजनिक सूचना आब्हान गरेको थियो ।
कृत्रिम हातखुट्टा तथा सहायक सामाग्री खरिदका लागि जिम्मेवारी तुलसीपुरको जनस्वास्थ्य प्रबद्र्धन शाखालाई थियो । पालिकाले सामाग्री खरिदका लागि आह्वान गरेको दरभाउ सहितको सार्वजनिक सूचनाका आधारमा तीन वटा संस्थाले आवेदन पेश गरेका थिए ।
तीन मध्ये दुई संस्था छनोटमा परेका थिए । विकलाङ्ग मित्र समूह र अपाङग बाल अस्पताल तथा पुनस्थापना केन्द्र (एचआरडिसी) बनेपाले सामाग्री खरिद तथा उपलब्ध गराउने जिम्मेवारी प्रदान गरिएको हुन्छ ।
नगरको आह्वानमा पहिलो चरणमै ६२ जना अपाङगता भएका व्यक्तिहरु शारिरीक चेक जाँचमा उपस्थित भएका थिए । तर, ती मध्यपनि बढी समस्या भएका २० जनालाई मात्रै सहायक सामाग्री बितरण गर्ने भनेर छनोट गरिएको थियो । जनस्वास्थ्य प्रबद्र्धन शाखा र अपाङग बाल अस्पताल तथा पुनस्थापना केन्द्र (एचआरडिसी) बनेपाका बीचमा त्यही संझौता थियो ।
तर, हालसम्मपनि बढी समस्या भइ छनोटमा परेका ६ जना ब्यक्तिले कुनै सामाग्री पाएका छैनन् । ती मध्य केहीको किर्ते हस्ताक्षर गरिएको पाइएको छ ।
२० जना सबै बढी समस्या भएका अपाङगलाई माग अनुसार ६ जनालाई त्यस्ता सहायक सामाग्री उपलब्ध नगराउँदै किर्ते गरि नक्कली फाइल खडा गरियो ।
२०८१ /०२/ २४ गते किर्ते गर्दैै आँफुखुसी नक्कली भरपाई तयार पारी कागजात पेश गरिएको छ । त्यसैको आधारमा मिलेमतामा पेश्की स्वरुप अग्रिम भुक्तानी दिइएको तथ्य खुलेको छ ।
तुलसीपुरको जनस्वास्थ्य प्रबद्र्धन शाखामा अपाङग समाज सुधार केन्द्रका कार्यक्रम संयोजक हुमकान्त कँडेल माथि किर्ते गरेको आरोप छ । जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपाने (ओमपी न्यौपाने) पनि त्यसैका आधारमा २०८१ जेठ २४ गते पेश्की बुझ्छन् ।
न्यौपानेले पालिकाबाट ७ लाख ८० हजार रुपैंया पेश्की बुझेका हुन्छन् । शाखा प्रमुख न्यौपानले पेश्किस्वरुप लिएको लिएको त्यो रकम नौ महिनासम्म अर्थात २०८१ फागुन ६ गते मात्रै साहेता सामाग्री खरिदको जिम्मा पाएको एचआरडिसीलाई न्यौंपानेले बल्ल भुक्तानी गरेका थिए ।
त्यही कुरा मिडियामा सार्वजनिक भएपछि एचआरडिसीले तुलसीपुरको खातामा साउन २२ गते मात्रै दुई लाख ६ हजार पाँच सय रुपैंया फिर्ता गरेको हो । तुलसीपुरका मेयर टीकाराम खड्काले पनि यो घटना छानविनका लागि निर्देशन दिइ सकेको बताएका छन् ।
यो पनि पढ्नुहोस :-
तुलसीपुरमा कृतिम हात खुट्टा साहेता उपलब्ध गराउने नाममा भएको बदमासी
