दाङ, साउन १५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेस संसदीय दलका नेतासमेत रहेका शाहलाई काँग्रेसका १८ र नेकपा (एमाले) का ११ र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का कैशाल चौधरीले मतदात गरेका हुन ।
त्यस्तै नेकपा माओबादी केन्द्रका १०, नेकपा (एकीकृत समाजबादी) का ३ , १ राप्रपा र १ स्वतन्त्र सांसद गरि १५ जनाले शाहको बिपक्षमी मतदान गरेका हुन ।
सुदुरपश्चिममा ५७ सदस्सीय प्रदेशसभा छ । त्यसमध्य नेकपा (एकीकृत समाजबादी) का संसदीय दलका नेता दीर्घ सोडारी निलम्बनमा परेका थिए । प्रदेशसभामा बिहीबार ४५ जना सांसद मात्रै उपस्थित थिए । मतदानमा नाउपाका ६ सांसद भने अनुपस्थित रहे ।
विश्वासको मतका लागि २७ जनाको समर्थन भए पुग्छ । काँग्रेस र एमाले दुबै पार्टीले शाहको पक्षमा मतदानका लागि ह्विप जारी गरेका थिए । यि दुई दलको मात्रै २९ जना सांसद छन् । त्यो विश्वासको मतका लागि प्रयाप्त संख्या हो ।
गत बर्ष साउन ३० मा विश्वासको मत प्राप्त गरेका शाहले यो बर्ष नाउपाले समर्थन फिर्ता लिएपछि विस्वासको मत लिएका हुन । नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका छन् ।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई गत असार ५ गते नै मन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका थिए । कृषकका लागि अनुदानमा वितरण गरिएको पावर टिलर (जोत्ने हाते ट्र्याक्टर) का विषयमा लेनदेन गरेको आरोपमन्त्री चौधरीमाथि लागेको थियो ।
तर चौधरीले अटेरी गर्दै राजीनामा दिएका थिएनन् । त्यसपछि मुख्यमन्त्री शाहले असार १२ गते रामेश्वर चौधरीलाई मन्त्री बाट नै बर्खास्त गरिदिएका थिए ।
सोही कारण नाउपा मुख्यमन्त्री शाह संग बिच्किएको थियो । त्यसपछि नाउपाले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
