दाङ, साउन १२ । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका – ३ नेपानेका २० वर्षीय ओपेन्द्र बोहराको अमेरिकामा सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।
बाफीकोट – ३ का वडाध्यक्ष लिलबिर केसीका अनुसार शनिबार राति करिब १० बजेतिर कामबाट कोठामा फर्किदै गरेको ओपेन्द्रलाई बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको थियो ।
उनको उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर अस्पतालमा मृत्यु भएको अमेरिकाबाट आफन्तले खबर पठाएका हुन । प्राप्त खबर अनुसार टेक्ससको राजधानी अस्टिनमा उनी गाडीबाट घाइते भएका थिए ।
उनका दाजु बिजय पनि अमेरिकामै छन् । दुई छोरीको बिहे भइ सकेको हुँदा हाल रुकुमस्थित घरमा बुवा आमा मात्रै बस्दै आएका छन् ।
रुकुममा छँदा ओपेन्द्रले मोटरसाइकल बनाउने मिस्त्रीको काम गर्न गर्थे । गत भदौ १ गते उनी अमेरिका सपना पच्छ्याउँदै तल्लोबाट अमेरिका पुगेका थिए ।
प्रकाशित मिति : २०८२ साउन १२ गते सोमवार
