२०८३ असार ५ गते शुक्रवार

घाँस काट्दै थिए, करेन्ट लागेर बिते श्रीमान–श्रीमति

दाङ, साउन ९ । घाँस काट्दै गरेको श्रीमान – श्रीमतिको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ । यो घटना सुर्खेतको हो ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिका – १२ नेवारेका ५५ बर्षीय धनिराम आचार्य र उनकी ५० बर्षीया श्रमिति धनकुमारी उपाध्यायको घाँस काट्दै गर्दा करेन्ट लागेर मृत्यु भएको हो ।

आचार्य दम्पत्तिलाई शुक्रबार बिहान पौने ११ बजेतिर आफ्नै घरमा उनीहरुलाई करेन्ट लागगेको थियो । जतिखेर आचार्य दम्पत्तिले घाँस काट्ने बिद्युतिय मेसिनद्धारा घाँस काट्दै थिए ।

त्यतिखेर उनीहरुलाई तारबाट करेन्ट लागेको थियो।
सुर्खेतका प्रहरी प्रबक्ता डिएसपी होमनजंग बुढथापाका अनुसारअचेत अवस्थाका उनीहरुलाई उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।


प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा पुर्‍याएको केही बेरमै बिहान सवा ११ बजेतिर चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *