२०८३ असार ५ गते शुक्रवार

भेरी नदीमा टिपरसहित खसेका दाङका चौधरीको शब सुर्खेतमा फेला

दाङ, साउन ८ । साउन ६ गते बेलुका भेरी नदीमा टिपरसहित खसेका दाङका मनिराम चौधरीको शब शुक्रबार सुर्खेतमा फेला परेको छ ।

चौधरी रा १ क १५०१ नम्बरको टिपरका चालक हुन । चौधरीको घर दाङको कुन ठाउँ हो भन्ने खुली सकेको छैन ।

रुकुम पश्चिमका प्रहरी प्रमुख डिएपपी प्रमेश बिष्ट टिपरसहित भेरी नदीमा खसेर बेपत्ता तीन जना मध्य चालक चौधरीको शब झन्डै ६० किलोमिटर भन्दा टाढा सुर्खेतमा फेला परेको बताए ।


डिएसपी बिष्टका अनुसार सुर्खेतको भेरी गंगा नगरपालिका – २ खोजीस्थित भेरी नदीमा चौधरीको शब फेला परेको थियो ।

त्यो दुर्घटनामा परेका मध्य दुई जना रुकुम पश्चिम सानिभेरी गाउँपालिका – ३ का धनविर बराइली र रुकुम पूर्वको सिस्ने गाउँपालिका – ८ स्यालापाखाका हरि बिकको अवस्था हालसम्म पनि अज्ञात छ ।


डिएसपी बिष्टले सुर्खेतमै अर्को एउटा शब पनि फेला परेको खबर आएपनि कस्को हो भन्ने एकिन भइ नसकेको बताए ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –१४ पिपलचौरस्थित भेरी नदीमा साउन ६ गते बेलुका पौने ८ बजेतिर टिपरसहित तीन जना भेरी नदीमा खसेका थिए ।

टिप्पर जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड अन्तरगत जाजरकोटको नलगाड नगरपालिका – ११ चिसापानीबाट वडा नं. १४ को छेपारे तर्फ जाँदै थियो ।


भेरी नदीमा पानीको बहाब बढेका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको प्रहरीले जानकारी दिएको छ । रुकुम पश्चिम प्रहरी र जाजरकोट प्रहरीले मिलेर उनीहरुको खोजी गरिहेका छन् । टिपर भने बुधबार बेलकी खसेको ठाउँ भन्दा झन्डै ५ सय मिटर दक्षिणमा फेला परेको थियो ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *