२०८३ असार ५ गते शुक्रवार

अमेरिकामा कार दुर्घटनामा ज्यान गुमाउने मध्य एक रक्षाचौरका

दाङ, असार ३२ । अमेरिकामा भएको कार दुर्घटनामा परि मृत्यु भएका दुई नेपाली युवक मध्य एक जना दाङ तुलसीपुरका परेका छन् ।

मृतक मध्य एक तुलसीपुर उपमहानगरपालिका – ४ रक्षाचौरका २० वर्षीय रोजिन ओली रहेको खुलेको छ ।

आइतबार राति ९ बजेतिर अमेरिकाको लुइसियानामा कार दुर्घटना हुँदा नेपालका अर्का बिद्यार्थी २२ वर्षीय राजन यादवको पनि मृत्यु भएको थियो । यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो।

कार यादवले हाँकेका थिए । उनीहरू दुबै जना लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत थिए ।


भारी वर्षाका बीच यादवले हाँकेको कारसडकको दायाँ पट्टी गएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको अमेरिकन प्रहरीले जनाएको छ।

दुर्घटनामा परि अरू दुई जना घाइते भएका थिए । घाइतेको परिचयभ ने प्रहरीले खुलाएको छैन।

घटनापछि उनीहरु अध्यनरत युनिभर्सिटीले शोक बक्तब्य निकाल्दै दुः ख व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *