तुलसीपुर, असार १६ । दाङ देउखुरीकै गढवा गाउँपालिकाले पालिका भरका सम्पूर्ण विद्यालयलाई पाँच दिन सार्वजनिक बिदा दिएको छ ।
शिक्षा शाखाका अधिकृत श्यामबहादुर बिकले आइतबार जारी गरेको सार्वजनिक सूचनामा खेतीपातीको समय भएको हुँदा शिक्षक र बिद्यार्थीको उपस्थिति बिद्यालयमा कम हुन गएकोले पाँच दिन सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् ।
असार १५ गतेको निर्णय अुनसार १५ गतेदेखि २० गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको उल्लेख छ ।
बर्षे बिदाबाट कट्टी गरिने गरि बिद्यालय बन्द गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
जारी सूचनामा पाँच दिनको मात्रै सार्वजनिक बिदा भनिएपनि बिद्यालय भने नियमित रुपमा असार २६ गते मात्रै लाग्ने अवगत गराइएको छ ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार
