२०८३ असार ५ गते शुक्रवार

जुम्लाका बुढा दाङको अमेलियाबाट यार्सागुम्बा र कस्तुरीको बिना जस्तोदेखिने बस्तुसहित पक्राउ

दाङ, जेठ २७ । जुम्लाको सिंजा गाउँपालिका – ४ का ४८ बर्षीय शिवचन्द्र बुढा बहुमूल्य जडीबुटी यार्सागुम्बा र कस्तुरीको बिना जस्तो देखिने र अत्तरको जस्तो सुगन्ध आउने बस्तुसहित पक्राउ परेका छन् ।

उनी दाङको अमेलियाबाट सोमबार पक्राउ परेका हुन ।
दुर्घटना पछि बुढाले सुटुक्क एक जना स्थानीयको घरमा लुकाएको आफ्नो झोलामा बहुमूल्य जडीबुटी आर्यागुम्बा ४९५ ग्राम फेला परेको थियो ।

त्यस्तै झोला भित्र पँहेलो ढक्कन भएको डिब्बा भित्र कस्तुरीको बिना जस्तो देखिने र अत्तरको जस्तो सुगन्ध आउने कालो रङका दानाहरु ४० थान, हरियो ढक्कन भएको अर्कौ डिब्बा भित्र बिना जस्तो देखिने र अत्तरको जस्तो सुगन्ध आउने कालो रङका दानाहरु ४० थान, रातो ढक्कन भएको प्लाष्टिकको सानो डिब्बा भित्र बिना जस्तो देखिने र अत्तरको जस्तो सुगन्ध आउने कालो रङका दानाहरु १८ साना धुलोका कनहरु बरामद भएको दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

पक्राउ परेका बुढालाई आवश्यक कारबाहीका लागि मंगलबार डिभिजन वन कार्यालय लमही दाङमा बुझाइएको शाहले जानकारी दिएका छन् ।


वन पैदावर सम्बन्धि सामाग्रही बरामद भएको हुँदा त्यो मुद्दा वनले हेर्ने गर्छ । त्यसैले बुढालाई वनको जिम्मा लगाइएको हो ।

बुढाले आँफु पक्राउ पर्ने डरले दुर्घटना पछि सुटुक्क आफ्नो झोला नजिकैको एकजना स्थानीयको घरमा लुएका थिए ।
पछिल्लो समय बुढा सुर्खेतको बीरेन्द्रनगर नगरपालिका – १२ मा बस्दै आएका बुढा लु ५४ प ७८२७ नम्बरको मोटरसाइकलमा सवार थिए ।

उनले चलाएको मोटरसाइकलले पूर्व पश्चिम राजमार्ग अन्तरगत सोमबार दिउँसो दाङको लमही नगरपालिका – ९ अमेलीयाकी ४५ बर्षीया आशा कुमाललाई ठक्कर दियो । मोटरसाइकलको ठक्कर पछि कुमाल छटपटाइ रहँदा बुढा सुटुक्क स्थानीय रीता चौधरीको घरमा प्रबेश गरेका थिए ।

उनलाई घर धनी चौधरीलाई समेत थाहाँ नदिइ आफ्नो झोला उनको घर भित्र लुकाएका थिए ।
दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार बुढा प्रहरीबाट जोगिन त्यो सबै गरेका थिए ।

प्रहरी घटनास्थल पुगेर मध्यम अवस्थाकी घाइते कुमालको उद्धार गरि अस्पताल पठाएको थियो । उनको उपचार बाँकेमा चलिरहेको छ । प्रहरी मोटरसाइकल र बुढालाई नियन्त्रणमा लिइ सकेको थियो ।

त्यही बेला रीताले आफ्नो घर भित्र नयाँ झोला नयाँ फेला परेको र त्यसभित्र जडिबुटी जस्तो देखिने बस्तुहरु रहेको प्रहरीलाई खबर गरेकी थिइन ।

त्यसपछि प्रहरी चौधरीको घरमा पुगेको थियो । झोला भित्र बहुमूल्य जडीबुटी आर्यागुम्बासहित कस्तुरीको बिना जस्तो देखिने र अत्तरको जस्तो सुगन्ध आउने कालो रङका दानाहरु फेला पारेको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *