दाङ, बैशाख ११ । तनहुँको मादी नदी पुलबाट शनिबार राति जिप खस्दा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा व्यास –५ का ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका छन् ।
दमौली अस्पतालमा उनीहरुको मृत्यु भएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण , नेपाल प्रहरी र स्थानीयले मिलेर उद्धार गरेका थिए।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदीको पुलको रेलिङ भाँचेर गए राति ११ बजेतिर ग २ च ५७६० नम्बरकोे जिप नदीमा खसेको थियो ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन । घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य चालकको अवस्था सामान्य रहेको र अर्का एक जना घाइतेको अवस्था भने गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
