२०८३ असार ६ गते शनिवार

खोलामा महिला मृत फेला

दाङ, वैशाख ३ । खोलामा एक महिलाको शब फेला परेको छ ।


रोल्पाको माडी गाउँपालिका – ६ चाप्लुङ कोला घैराकी ४३ बर्षीया सुस्मिता घर्ती मगरको शब खोलामा घोप्टो परेको अवस्थामा प्रहरीले मंगरबार फेला पारेको हो ।

माडी गाउँपालिका – ५ स्थित वली खोलाको बीच पानीमा सुस्मिता घोप्टो परेको अवस्थामा फेला परेको हो ।


जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मगर चैत २९ गतेदेखि हराइ रहेकी थिइन ।
घटनाबारे नुसन्धान जारी रहेको शाहीले बताए ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *