२०८३ जेष्ठ ६ गते बुधवार

जो मोटरसाईकलमा यात्रा गर्दागर्दै गीत रचना गर्छन

दाङ, असार ६ । मालपोत कार्यालय तुलसीपुर दाङका प्रमुख नरेश खड्काले लेखेका दश वटा गीत रेकर्डिङ भइसकेका छन् । त्यसमध्य सात वटा गीतहरुको भिडियो समेत निर्माण गरिएको छ । विहीवार दिउँसो मात्रै उनले लेखेको आधुनिक गित ‘तिमि संग’को भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित गायक प्रमोद खरलको स्वर र राजकुमार बगरको संगित छ । शुक्रवारदेखि बजारमा आएको यो गीतमा सञ्तान नहुँदा नारीले खेप्नु पर्ने मानसिक र सामाजिक तनावको कथा उल्लेख छ । यो गीतको निर्देशन बाबुराजा केसीले गरेका छन् भने नायक विक्रम बुढाथोकी र अञ्जु चौलागाईले अभिनय गरेका छन् ।

मालपोतका हाकिम खड्काको पहिलो गीत २०६६ सालमा सार्वजनिक भएको हो । ‘तिमि विना एक्लै जिउन सक्दिन म आज, संधै याद आउँछ झनै गोधुली साँझ’ खड्काको पहिलो गीत हो । उनले यो गीत छिमेकी देश भारतको लखनउमा आफ्नी श्रीमति विरामी भइ उपचाररत रहँदा लेखेको बताए । ‘डाक्टरले मेरो परिवारको अवस्था निकै जटिल छ भन्ने कुरा गरे र म रुँदै अस्पताल बाहिर बसेर त्यो गीत लेखेको थिए,’ गीतकार खड्काले भने ।

मालपोत हाकिम खड्काको आधुनिक गीत ‘सिसा जस्तै यो दिलपनि फोडि जानु थियो भने, किन जोड्यौ
नाता पहिले छोडी जानु थियो भने,’ भन्ने गीतपनि एक चर्चित गीत हो । गीतकार खड्काको एकल रचना र सञ्तोष श्रेष्ठको एकल संगितमा ‘प्रवाह’ नामक एल्मब पनि निकलेका छन् ।

सेवाग्राहीले संधै जसो भरिभराउ हुने मालपोत कार्यालयका हाकिमले कतिबेला गीत लेख्दा हुन ? यो धेरैको लागि चासोको विषय हो । हामीले पनि उनलाई त्यही प्रश्न राख्यौं । जवाफमा उनले भने – ‘मेरो दिमाग बाटोमा हिड्ने बेला चल्छ । जव म मोटरसाईकल चलाइ रहेको हुन्छ त्यतिबेला मेरो दिमाग बढी चल्छ । म सोच्दै र गुनगुनाउँदै हिड्दा जहाँनेर राम्रो शब्द फुर्छ त्यँही नेर म बाईक साईड लगाएर त्यो टिप्छु।’

त्यसपछि फेरि अगाडि बढ्दै त्यो गीतलाई सोच्दै अगाडि बढ्ने गरेको उनले अनुभूति साटे । ‘म ठाउँ ठाउँमा रोकिदै र गीत टिप्दै अगाडि बढ्ने क्रममा मेरो गीतहरु पुरा हुन्छन्,’ गीतकार खड्काले भने ।

 

योपनि पढ्नुहोस 

तुलसीपुर मालपोतका हाकिमले लेखेको गीत ‘तिमि संग’ को भिडियो सार्वजनिक

 

प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *