
दाङ, बैशाख ३० ।
ब्राउन सुगरसहित पक्राउ परेका ब्यक्तिहरु संग स्रोत नखुलेको लाखौं रकम र दर्जन बढी सुनका गरगहना बरामद भएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर –३ बाट पक्राउ पछि खान तलासी गर्दा दुई जना बाट ३ ग्राम ७२० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको थियो ।
लागुऔषध ब्राउनसुगरको अबैध कारोबार भइ रहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले मंगबार बेलुकी पख जिल्लाको वीरेन्द्रनगर नगरपालिका–३ का ४८ बर्षीय यकेन्द्र सुनार, वीरेन्द्रनगर – १४ का २० बर्षीय प्रशान्त सुनारलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका दुई जनाको साथबाट स्रोत नखुलेको नेपाली नगद रुपैंयाँ पाँच लाख १५ हजार पाँच सय ५० रुपैंयाँ नगद र विल भरपाई नभएको सुन चाँदाीका गहनापनि बरामद गरेको थियो ।
डिएसपी बुढथापाका अनुसार उनीहरुको साथबाट पँहेलो धातु बाट बनेको (सुन जस्तो देखिने) माइली तिलहरी – ५ थान, चन्द्रमा – ५ थान, औंठी – ३२ थान, चन्द्रमा हार – १ थान, काँटा – ८ थान, पाइप–४ थान, जुली – ६ थान, टप – ४ थान, नथिया –२ थान, बुलाकी – १ थान, फुली – १ थान, मँडरी – २ थान, माला – १ थान, औंठी –१ थन बरामद भएको थियो । त्यस्तै चाँदीको जस्तो देखिने सिक्री – ३ थान, पाउजु –३० थान, औंठी – ३२ थान, बिछिया – ४ थान, सिक्का – २ थान, पाउजु अड्काउने – २८ थान र बाला – १० थान बरामद भएको थियो ।
बरामद धातुका गरगहनाहरु परीक्षणका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।