तुलसीपुर, जेठ ६ ।
अब घोराहीमा आफ्नो अतिक्रमित जग्गा हटाउन प्रशासनलाई सहज हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले बैशाख १७ गते घोराही उपमहानगरपालिका–१६ र १७ मा रहेको आफ्नो नामको १३ बिगाहा १४ कठ्ठा ३ धुर अतिक्रमित जमिन खाली गर्न २१ दिने अल्टिमेटम जारी गरेको थियो। जस्को समयसीमा जेठ ७ गते सकिँदै छ।
जस्को बिरुद्धमा त्यहाँ बसोबास गर्दै आएका व्यक्तिहरूले आफूहरूलाई जबर्जस्ती हटाउन नपाइने माग गर्दै सर्वौच्च अदालतमा अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । सरुवा भइ जान थालेका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार सर्वौच्चले मंगलबार रिटलाई अग्राधिकार दिएको छ । त्यसको मतलव रिट दायर गर्नेहरुलाई अन्तरिम आदेश दिएन । बरु प्रशासनको पक्षमा अग्राधिकार दिएको छ । अदालतको आदेशअनुसार अब प्रशासन अघि बढ्न थप सहज हुने देखिएको छ।
प्रकाशित मिति : २०८३ जेष्ठ ६ गते बुधवार