२०८३ कार्तिक २० गते बिहिवार

कपुरकोट ट्रक दुर्घटना– घाइते चालक भण्डारीको तुलसीपुरमा मृत्यु

मृतकको संख्या चार पुग्यो

दाङ, कात्तिक १३ । सल्यानको कपुरकोटमा सोमबार बेलुकी पख भएको मिनी ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । गाडीका चालक २४ वर्षीय मानबहादुर भण्डारीको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सोमबार राति मृत्यु भएको हो ।


उनी भन्दा पहिले कपुरकोट गाउँपालिकका – ६ का १३ बर्षीया सृजना बस्नेतको उपचारका क्रममा कपुरकोटस्थित स्वास्थ्य चौकीमा मृत्यु भएको थियो ।
त्यस्तै घटनास्थलमै १४ वर्षीय गोबद्र्धन खड्का र १२ वर्षीय डिल्ली भनिने अनिल भण्डारीको मृत्यु भएको थियो ।

दुर्घटनाका आठ घाइते मध्य अरु सबै उपचार पछि डिस्चार्ज भइ सकेको भएपनि बाँकेको नेपालगञ्जस्ति नर्सिह होममा ३५ वर्षीया नन्दा बस्नेतको मात्रै उपचार भइ रहेको छ ।
सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौंपानेका अनुसार नन्दाका श्रीमान ३५ वर्षीय देवबहादुर बस्नेत र १३ वर्षीया छोरी खुमा बस्नेत गरि तीन जनालाई नसिंङ होममा पठाइएको थियो । बाबु छोरी भने उपचार पछि डिस्चार्ज भइ सकेको डिएसपी न्यौंपानले बताए । दुर्घटनामा परेको उक्त मिनी ट्रक यिनै बस्नेत परिवारको धान र पराल ओसार्न प्रयोग भएको थियो ।


उक्त दुर्घटनामा परि स्थानीय २९ वर्षीय शंकर खडका, २२ वर्षीय हिक्मत पुन, सहचालक १८ रोनक भण्डारी, १७ वर्षीय जीतसागर बस्नेत र १७ वर्षीय संजिव बस्नेतसहित आठ जना घाइते भएका थिए ।
उनीहरु सबै उपचार पछि डिस्चार्ज भइ सकेको डिएसपी न्यौंपानले बताएका छन् ।

कपुरकोट गाउँपालिका –६ सिनबाङको दुबेदेबाट धान र पराल बोकेर सिनवाङ तर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बरको मिनी ट्रक बेलुकी पौने ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । ट्रक झन्डै एक सय ५० मिटर तल खसेको थियो ।
परालको बोकेको ट्रकको ट्रलीले रुखलाई छुने आशंकामा चालकले साइड च्याप्न खोज्दा भीरवाट खसेको घाइतेले बताएका छन् ।

मृतक तीन जनाको शब राति नै जिल्ला अस्पताल सल्यान खलंगा लगेर राखिएको र दाङमा मृत्यु भएका चालकको पनि शब पोष्टमार्टमका लागि सल्यान तर्फ ल्याउँदै गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *