२०८३ कार्तिक २० गते बिहिवार

नेपालगञ्जमा दुई जना ब्राउन सुगरसहित पक्राउ


दाङ, असोज १६ । बाँकेको नेपालगञ्जमा बुधबार प्रहरीले दुई जनालाई प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा लागु औषध नियन्त्रण व्यूरो महेन्द्रनगर कञ्चनपुर , लागुऔषध नियन्त्रण व्युरो जिल्ला प्रहरी कार्यालय बाँक्े नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।


पक्राउ पर्नेमा बाँकेको नेपालगंज उपमहानगरपालिका – २० राँझामा लालचन्द्र कामी र छिमेकी देश भारतको रुपैडियाका राहुल शुक्ला रहेका छन् ।


कामीको डेराको कोठामा खानतलासी गर्ने क्रममा शुक्लाले लगाएको पाइन्टको खल्तीबाट दुई पोका ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ । बरामद ब्राउन सुगरको शुद्ध तौल ९९ ग्राम पुगेको थियो ।

कामीकै कोठाको खाटमाथि व्राउन सुगर तौल गर्न प्रयोग हुने एउटा डिजिटल तराजुपनि बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *