तुलसीपुर, असार १ ।असार २० गते भित्रै दाजु शंकर थापालाई उपस्थित गराउने सर्तमा तुलसीपुर उपमहानगरपालिका – ४ बनहरीका ६० बर्षीय नेपबहादुर थापा छुटेका छन् ।
शनिबार वडा प्रहरी कार्यालयमा भएको छलफलमा असार २० गते शंकरलाई उपस्थित गराउने सहमती पछि नेपबहादुरलाइ प्रहरीले आफन्तको जिम्मा लगाएको हो ।
शनिबारको सहमतिमा लिखित रुपमा आइतबार वडा कार्यालयमा उपस्थित भइ सहमितमा हस्ताक्षर गर्ने र असार २० गते वडा कार्यालयमा उपस्थित गराउने निर्णय भएको छ ।
तुलसीपुर – ४ का वडाध्यक्ष तुलसी थापाले असार २० गते भित्रै नेपबहादुरले बिगत ४८ बर्ष यता बेपत्ता रहँदै आएका भनिएका दाजु शंकरलाई वडा कार्यालयमा छलफलका लागि शशरिर उपस्थित गराउने सहमति भएको जानकारी दिए ।
केही दिन पहिले मात्रै भारतको नागाल्यान्डबाट ४८ बर्ष पछि घर फर्किएका भनिएका ६८ बर्षीय शंकर थापा जेठ २० गते मात्रै अदालतमा आँफै उपस्थित भइ आँफुहरु सहोदर दाजु भइ भएको दाबी गरेका थिए । तर, त्यस लगतै उनी फेरि भारतको नागाल्यान्ड तर्फ लागेका थिए ।
खाद्रे प्रहरी चौकीका प्रमुख असइ नन्द शाहीले छलफलका क्रममा पनि नेपबहादुरले दाजु शंकर थापा आफ्नो सहोदर दाजु भएको भन्ने छलफलका क्रममा दाबी प्रस्तुत गरेका थिए ।
त्यसपछि सत्य तथ्य पत्ता लगाउन असार २० गते भित्रै दाजु शंकरलाई गाउँमा उपस्थित गराउन भाइ नेपबहादुर सहमत भएका थिए । नेपबहादुरले शनिबारको छलफलमा काम बिषेशले दाजु शंकर फेरि भारत फर्कियको भन्दै आँफुले कुनै जासाँझी नगरेको र शंकर आफ्नो सहोदर दाजु रहेको भन्ने कुरा पटक पटक दोह¥याएका थिए ।
तुलसीपुर – ४ वडा कार्यालयले नेपबहादुरलाई उपस्थित गराइ छलफल गराइ दिन दिएको निबेदनका आधारमा सोधपुछका लागि शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएर प्रहरी चौकी खाद्रेमा पु¥याएको थियो । त्यस पूर्व नेपबहादुरले जालसाँची पूर्वक शंकरलाई नक्कली दाजुको रुपमा खडा गरेको भन्दै मणिकला महतराले वडा कार्यालयमा निष्पक्ष छानविनका लागि निबेदन दिएकी वडाध्यक्ष थापाले बताए ।
दाजु शंकर बारे सोधपुछका लागि मात्रै नेपबहादुरलाई वडाले बोलाएको शाहले बताए । शंकरबारे सत्य तथ्य सोधपुछ गर्नका लागि शनिबार पनि प्रहरी चौकीमा सोधपुछ तथा छलफल भएको थियो ।
शंकरकी छोरी तुलसीपुर – ७ झमर्रेकी मणिकला महतराले २०७९ फागुन १४ गते दाङ जिल्ला अदालतमा बुवा शंकर थापा लामो समयदेखि सम्पर्क बिहिन रहेको हुँदा ‘मृत्युको न्यायिक घोषणा गरि पाउँ’ भन्दै निबेदन दिएकी थिइन । साथै उनले बाबुको नामको सम्पत्ति आँफुले पाउनु पर्ने मागपनि गरेकी थिइन ।
त्यो निवेदनका अधारमा सोही वर्ष चैत ५ गते अदालतका कर्मचारी वनहरी गाउँमा सरजमिन गर्न गएका थिए ।
तर, त्यसको एक महिनापछि, २०८० वैशाख ५ गते, शंकरका भाइ नेपबहादुरले स्थानीयवासीको बयान र सर्जमिनको मुचुल्का गलत रहेको दाबी गर्दै अदालतमा जालसाजी मुद्दा दायर गरेका थिए ।
