लक्ष्मण बस्नेत,तुलसीपुर,पुस १ । दाङको तुलसीपुरमा संचालित ललित स्मृति कप (टु) ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० को उपाधी एसभिसीले जितेको छ ।
फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुरमा संचालित प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा ज्ञान ज्योती कलेज तुलसीपुर लाई १९-२१, २६-२४,२१-१४ र २२-२० अर्थात ३-१ को सेटमा पराजित गर्दै एसभिसीले उपाधी जितेको हो ।
उपाधी संगै उसले नगद ३० हजार, कप मेडल र प्रमाणपत्र हात पार्यो । फाइनलमा सम्मानजक हार ब्यहोरेको ज्ञानज्योती उपबिजेतामा सिमित रहदै नगद २० हजार, कप, मेडल प्रमाणपत्रमा जित्त बुझाउन बाध्य भयो ।
त्यस्तै स्पेशल टाक्सफोर्स तृतिय भयो । उसले नगद १० हजार,कप, मेडल,प्रमाणपत्र हात पारेको भलिबलका राष्ट्रिय रेफ्री द्रोण प्रकाश चन्दले जानकारी दिए ।
यसैबिच प्रतियोगिताको समापन समारोह फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरिको अध्यक्षतामा भएको थियो ।
सो अबसरमा बिजेता टिम तथा खेलाडी लाई दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत,स्वर्गीय ललित बुढामगरका दाजु तेज बहादुर बुढामगर,लगायतले कप, मेडल तथा पुरस्कार प्रदान गरेका थिए ।