२०८३ बैशाख ११ गते शुक्रवार

गर्मीका कारण तुलसीपुरमा पुनः ३ दिन विद्यालय बन्द

तुलसीपुर,असार ४ । केही दिनदेखि जिल्लामा बढेको गर्मी बढेसँगै तुलसीपुर उपमहानगरपालिकाले ३ दिनका विद्यालय बिदा गरेको छ ।

उपमहानगरको शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारीका अनुसार आइतबार नगर शिक्षा समितिले गरेको निर्णय अनुसार असार ४ गतेदेखि ६ गतेसम्मका लागि उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

अत्याधिक गर्मीका कारण विद्यालयमा नियमित पठनपाठन गर्न कठिनाइ भएको र विद्यार्थीहरूको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न सक्ने भएको ३ दिनसम्मका लागि बिदा दिएको उनले जानकारी दिए ।

साथै उपमहानगरमा दादुरा– रुबेला विरुद्धको खोप सञ्चालन हुने विद्यालयहरूमा निर्धारित समयमा खोप सञ्चालन गर्ने प्रयोजनार्थ विद्यालय खोलेर सहयोग गर्न समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *